Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

वैदेशिक अध्ययनका लागि एनओसी अब घरबाटै लिन सकिने


६, वैशाख २०८३
  • 134
    SHARES
  • वैदेशिक अध्ययनका लागि एनओसी अब घरबाटै लिन सकिने

    काठमाण्डौ – वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत ‘नो अब्जेक्सन सर्टिफिकेट’ अर्थात् एनओसी लिन सक्ने भएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी शाखाले यो सेवालाई पूर्णतः फेसलेस र अनलाइन बनाएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयसँग प्रणाली अन्तरआवद्धता गरिएको छ ।

    अब विद्यार्थीले आवेदन दिँदा नागरिकता, एनइबीको प्रमाणपत्र र विश्वविद्यालयको विवरण स्वतः प्रणालीबाट रुजु हुने भएकाले कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु पर्दैन ।

    राजस्व समेत अनलाइनमार्फत नै बुझाउन सकिनेछ । स्वीकृत भएको एनओसी सर्टिफिकेट विद्यार्थीले आफ्नै प्रोफाइलबाट डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन् ।

    सर्टिफिकेटमा क्यूआर कोड राखिएकाले यसको प्रामाणिकता सजिलै जाँच गर्न सकिनेछ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले एनओसीका लागि शिक्षा मन्त्रालयको अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend