Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन


२२, वैशाख २०८३
  • 105
    SHARES
  • नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन

    काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ। 

    महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष हुनेछन्। उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुन लागेको हो।

    महासंघको नयाँ कार्यकारिणी समितिको चुनावका लागि दुई समूहबीच प्रतिस्पर्धा हुँदै छ। महासंघको आगामी नेतृत्वका लागि भावी अध्यक्ष अञ्जन श्रेष्ठ समर्थित एक समूह र उपाध्यक्ष हेमराज ढकाल नेतृत्वको समूह प्रतिस्पर्धामा छन्। 

    ढकाल समूहलाई वर्तमान अध्यक्ष चन्द्र ढकालले समर्थन गरेको चर्चा छ तर ढकालले खुला रूपमा समर्थन गरेको देखिएको छैन। महासंघका हेमराज ढकाल अध्यक्ष चन्द्र ढकालका भाइ भने होइनन्। उक्त प्यानलले अध्यक्ष ढकाललाई नै कार्यक्रममा राखेर प्यानल घोषणा गरेको थियो।

    ढकालको प्यानलमा जिल्ला–नगर उद्योग, वाणिज्य समूहतर्फको उपाध्यक्षमा उमेश डालमिया (झापा उद्योग वाणिज्य संघ) र कल्पना गैरे (दार्चुला उद्योग वाणिज्य संघ) उमेदवार छन्। 

    जिल्ला नगर समूहबाट दुईजना उपाध्यक्ष निर्वाचित हुन्छन्। निर्वाचनमा जिल्ला नगर समूहको सबैभन्दा ठूलो प्रभाव रहँदै आएको छ। ढकाल प्यानलबाट वस्तुगततर्फको उम्मेदवार उपाध्यक्ष नरेशलाल श्रेष्ठ छन्। 

    एशोसिएटतर्फ उपाध्यक्षमा उम्मेदवार ज्योत्सना श्रेष्ठ रहेकी छन्। वस्तुगत समूहलाई प्रतिनिधित्व हुने गरी नरेशलाल श्रेष्ठको प्यानलमा वस्तुगत महासंघतर्फको कार्यकारिणी सदस्य समेतका लागि उम्मेदवारी परिसकेको छ। 

    ढकाल समूहको एशोसिएट उपाध्यक्ष उम्मेदवार ज्योत्सना श्रेष्ठ प्यानलको तर्फबाट पनि कार्यकारिणी सदस्यमा उम्मेदवारी परेको छ।

    भावी अध्यक्ष श्रेष्ठको साथ भएको अर्को समूहले भने वरिष्ठ उपाध्यक्ष अझै औपचारिक रूपमा घोषणा गरिसकेको छैन। श्रेष्ठको प्यानल भनेर सार्वजनिक भएको उक्त समूहले वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरेलाई उम्मेदवार बनाएको छ।

    उनको प्यानलमा वस्तुगत महासंघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारमा कृष्णप्रसाद अवला र विश्वनाथ खनाल छन्। यस्तै वस्तुगत संघतर्फका कार्यकारिणी सदस्य उम्मेदवारहरू पनि सो समूहले सार्वजनिक गरेको छ। 

    उक्त समूहतर्फ एशोसिएट उपाध्यक्षका उम्मेदवार प्रबलजंग पाण्डे छन्। यो समूहबाट जिल्ला र नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा (सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही) र दिलसुन्दर श्रेष्ठ (धुलिखेल उद्योग वाणिज्य संघ)ले उम्मेदवारी दर्ता गराएका छन्।

    महासंघको नयाँ कार्यकारिणी समितिका लागि ७३  पदमा १३७ व्यवसायीले उम्मेदवारी दिएका छन्।

    सोमवार शुरू भएको नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभामा निजीक्षेत्रका प्रतिनिधिहरूले निजीक्षेत्रले सम्मानित भएर व्यवसाय गर्न पाउनुपर्नेमा जोड दिएका छन्। 

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • दसैँ बिदापछि आज खुल्दै सेयरबजार, लगानीकर्ताको नजर बजारको दिशामा

    काठमाडौँ । दसैँको करिब १० दिन लामो बिदापछि आजदेखि सेयरबजार खुल्दैछ। लामो समयपछि कारोबार सुरु

  • दसैँ बिदापछि बजार खुल्दा सुनको भाउमा ठूलो गिरावट, तोलामै ११ हजार ६०० घट्यो

    काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। आइतबार सुनको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend