Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण


२७, वैशाख २०८३
  • 77
    SHARES
  • विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण

    काठमाण्डौ - अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । 

    ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ । साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर ९ हजार शैक्षिक संस्था प्रभावित भएका छन् । 

    विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्युटर स्क्रिनमा बिटक्वाइनमा फिरौती मागिएको सन्देश देखिएको थियो । ह्याकर समूह शाइनीहन्टर्सले इन्स्ट्रक्चर कम्पनीलाई पैसा नतिरे डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए ।

    अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालयलगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन् । 

    अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ । क्यानडाका ब्रिटिस कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन् । विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्ट हराउने चिन्ता व्यक्त गरेका छन् । केहीले व्यक्तिगत विवरण चुहिने डरसमेत बढेको बताएका खबरमा उल्लेख छ । 

    क्यानभास सञ्चालन गर्ने कम्पनी ‘इन्स्ट्रक्चर’ले अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आएको जनाएको छ । तर केही विश्वविद्यालयमा समस्या अझै कायम रहेको छ । यस घटनापछि अमेरिकामा साइबर सुरक्षालाई थप मजबुत बनाउन माग बढेको छ । 

    अमेरिकी संसद्का शीर्ष नेताले सरकारलाई कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा बढ्दो साइबर जोखिमविरुद्ध तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend