Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाउँका विद्यार्थीलाई प्रोत्साहन, पाण्डे परिवारले स्थापना गर्‍यो “शिवकला-गुणानीधि” अक्षयकोष


२, जेठ २०८३
  • 255
    SHARES
  • गाउँका विद्यार्थीलाई प्रोत्साहन, पाण्डे परिवारले स्थापना गर्‍यो “शिवकला-गुणानीधि” अक्षयकोष

    बुटवल l अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, काहुले विसौनालाई जन्मथलो बनाइ हाल बुटवल-९, मिलनचोकमा बसोबास गर्दै आएका रामप्रसाद पाण्डे, शर्मिला पाण्डे तथा परिवारले आफ्ना बुबा-आमा र हजुरबुबा-हजुरआमाको स्मृतिमा “शिवकला-गुणानीधि जेहेन्दार अक्षयकोष २०८३” स्थापना गरेका छन् ।

    2.jpg

    आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सरस्वती माध्यमिक विद्यालय, काहुले भुस्कातमा स्थापना गरिएको उक्त अक्षयकोषलाई ग्रामीण शिक्षामा प्रेरणादायी सामाजिक योगदानका रूपमा हेरिएको छ l पाण्डे परिवारले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

    कोषबाट प्राप्त हुने ब्याज रकम प्रत्येक वर्ष विद्यालयका एक जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिका रूपमा प्रदान गरिने जनाइएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषका संस्थापक रामप्रसाद पाण्डे र शर्मिला पाण्डेको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेलाई हस्तान्तरण गरिएको थियो ।

    3.jpg

    कार्यक्रममा बोल्दै संस्थापक रामप्रसाद पाण्डेले विकट भौगोलिक क्षेत्रमा रहेका विद्यार्थीलाई अध्ययनतर्फ प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले आफ्ना बुबा-आमाको स्मृतिमा अक्षयकोष स्थापना गरिएको बताए । आफूले पनि सोही विद्यालयमा अध्ययन गरेको स्मरण गर्दै उनले जन्मथलोप्रति केही सामाजिक योगदान गर्ने भावनाले यो अभियान अघि बढाइएको उल्लेख गरे ।

    संस्थापक शर्मिला पाण्डेले ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीलाई शिक्षामा थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिवारको तर्फबाट अक्षयकोष स्थापना गरिएको बताइन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पाण्डेले पहाडी क्षेत्रबाट बसाइँसराइ बढ्दै जाँदा गाउँका विद्यालयमा विद्यार्थी टिकाइराख्न चुनौती थपिएको अवस्थामा यस्ता अक्षयकोषले विद्यालयलाई ठूलो हौसला र प्रेरणा मिल्ने बताए ।

    4.jpg

    प्रधानाध्यापक ठाकुरप्रसाद पाण्डेले अक्षयकोषले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पाण्डे परिवारप्रति धन्यवाद तथा आभार प्रकट गरे ।

    कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले यस्ता पवित्र उद्देश्यले स्थापित अक्षयकोषले समाजमा अन्य व्यक्तिलाई पनि सामाजिक योगदानका कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

    पत्रकार छविलाल पाण्डेले गाउँमै जीवन बिताएका हजुरबुबा-हजुरआमाको स्मृतिमा स्थापना गरिएको अक्षयकोषले विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै नयाँ पुस्तालाई समाजसेवा र सकारात्मक कार्यतर्फ प्रेरित गर्ने सन्देश दिएको बताए ।

    कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend