Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा शुभारम्भ: अब मिर्गौला बिरामीले जिल्लामै पाउने भए राहत


७, जेठ २०८३
  • 353
    SHARES
  • कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा शुभारम्भ: अब मिर्गौला बिरामीले जिल्लामै पाउने भए राहत

    इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाका मिर्गौला रोगीका लागि ठूलो राहत दिने गरी तौलिहवास्थित कपिलवस्तु अस्पतालमा बुधबारदेखि औपचारिक रूपमा हेमोडायलाइसिस सेवा सुरु गरिएको छ ।

    लामो समयदेखि अपेक्षित यो सेवा शुभारम्भ भएसँगै अब डायलाइसिसका बिरामीले उपचारका लागि बुटवल, भैरहवा वा काठमाडौं धाउनुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।

    लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रिबन काटेर सेवाको उद्घाटन गर्दै सरकारी अस्पतालप्रतिको नागरिक विश्वास बढाउन गुणस्तरीय सेवा अत्यावश्यक रहेको बताए ।

    उनले प्रदेश सरकारले सरकारी अस्पतालहरूमा क्रमशः आधुनिक र विशेषज्ञ सेवा विस्तार गरिरहेको उल्लेख गर्दै कपिलवस्तु अस्पताललाई थप सुदृढ बनाउन आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । “स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । अब डायलाइसिसजस्तो संवेदनशील सेवा जिल्लामै उपलब्ध हुनु आफैंमा ठूलो उपलब्धि हो,” मन्त्री सारुले भने । उनले विगतमा राजनीतिक अस्थिरता र खिचातानीका कारण सरकारी अस्पतालको सेवा प्रभावित भए पनि पछिल्लो समय सुधारको संकेत देखिएको दाबी गरे ।

    2.jpg

    कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले कपिलवस्तु अस्पतालले पछिल्ला वर्षहरूमा सेवा विस्तार र सुधारमा उल्लेखनीय प्रगति गरेको बताए । उनले बिरामीले अहिले पहिलेभन्दा प्रभावकारी सेवा पाउन थालेको उल्लेख गर्दै प्रदेश सरकारले अझ बढी लगानी गर्नुपर्ने धारणा राखे ।

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अस्पतालमा नयाँ–नयाँ सेवा थपिनु सकारात्मक संकेत भएको भन्दै यसलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले लामो प्रयासपछि हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याउन सफल भएको जानकारी दिए ।

    उनका अनुसार हाल पाँच वटा डायलाइसिस मेसिनमार्फत सेवा सुरु गरिएको छ भने दुई साताअघि नै परीक्षणका रूपमा दुई जना बिरामीको उपचार थालिएको थियो । उनले हालसम्म २८ जना बिरामी सम्पर्कमा आइसकेको जानकारी दिँदै निकट भविष्यमा यो सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने तयारी भइरहेको बताए ।

    २०२८ सालमा स्थापना भएको कपिलवस्तु अस्पतालमा हाल आईसीयू, विशेषज्ञ चिकित्सक, फार्मेसी, ल्याब तथा अन्य आधारभूत स्वास्थ्य सेवाहरू सञ्चालनमा रहेका छन् । हेमोडायलाइसिस सेवा थपिएसँगै अस्पतालले जिल्लाको प्रमुख रेफरल स्वास्थ्य संस्थाका रूपमा आफ्नो भूमिका अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend