Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटक तान्दै रिघा उदय बुद्धविहार


१७, साउन २०८०
  • 212
    SHARES
  • पर्यटक तान्दै रिघा उदय बुद्धविहार

    बागलुङ । वरपर जङगलका साथै रिघा गाउँको छेउमै  रहेको छ उदय रिघा बुद्धविहार ।  उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

    बाह्र वर्ष अगाडि शिलान्यास गरिएको विहार केही महिना अगाडि मात्रै सञ्चालनमा आएको हो । विहार सञ्चालनमा आएपछि दैनिक आन्तरिक पर्यटक घुम्न आउन थालेका हुन् । उच्च पहाडी हावापानी, शान्त वातावरण र चिरविर चराचुरुङ्गीको आवाजले आगन्तुकलाई थप आकर्षित गर्छ । मध्यपहाडी लोकमार्गदेखि आधा घण्टाको उकालो यात्रामा पुग्न सकिने बुद्धविहार नजिकै रिघा गाउँ छ ।

    मौलिक गाउँका रुपमा परिचित गाउँवासीले पर्यटकलाई आकर्षित गरेकै थियो, त्यसमाथि नवनिर्मित बुद्धविहारका कारण दैनिक घुम्न आउने आगन्तुकको सङ्ख्या बढ्न थालेको हो । 

    उक्त गाउँ र बुद्धविहारसँगै यस ठाउँबाट देखिने अनगिन्ती दृश्यले पर्यटकलाई मोहित गराउँछ । कच्ची सडक हुँदा यात्रामा केही कठिनाई भए पनि  विहार क्षेत्रमा पुग्दा धेरैको थकान, भोक र प्यास मेटिन्छ । प्रचारप्रसार नहुँदा यो क्षेत्र ओझेलमा परेको विहार व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर घर्ती काउचाले बताउनुभयो । 

    विहार क्षेत्र प्राकृतिक सौन्दर्यको हिसाबले निकै मनोरम भएर पनि आवश्यक पूर्वाधार निर्माण हुन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष काउचाले लामो समयको मेहनतपछि अहिले विहार सञ्चालनमा आएको सुनाउँदै अब यसको प्रचारप्रचारमा लाग्नुपर्ने बताउनुभयो  ।“रिघा आफै पनि पर्यटकीय ठाउँ हो, यहाँको सुन्दरता र मौलिकता ओझेलमा प¥यो, अहिले केही परिर्वतन हुन थालेको छ, प्रचार हुन थालेको छ,

    त्यही भएर पनि होला मान्छेहरु पनि आउन थालेका छन्,” उहाँले भन्नुभयो, “धार्मिक आस्था राख्नेहरू पनि प्रवचन सुन्न आउने गर्छन् भने, अरुहरू फोटो तथा भिडियो खिचेर जान्छन्, पहिले खासै मान्छे आउँदैनथे, अहिले दिनदिनै आउने गरेको पाएको छु, रिघामा आउने धेरैजसो बुद्धविहारसम्म जान्छन् ।”

    बुद्धविहार स्थानीयवासीको जनश्रमदानसहित करिब एक करोडको लागतमा निर्माण भएको हो । करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको विहारलाई प्रवद्र्धनका लागि हरेक वर्ष बजेट विनियोजन गरेर  काम गरिँदै आइएको गलकोट नगरपालिका–११ का अध्यक्ष डम्मर श्रीसले बताउनुभयो । 

    केही समय अगाडिसम्म गुमनामजस्तै रहेको यस क्षेत्रबारे अहिले प्रचार हुन थालेको भन्दै अब गलकोट क्षेत्रझै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँको भनाइ थियो। अब विहार क्षेत्रमा पर्यटक बढाउन पदमार्ग, प्रतिक्षालय, खानेपानी व्यवस्थापन बगैँचा र पोखरी निर्माण गरिने र वरपरका क्षेत्रलाई पिकनिक स्पटका रुपमा विकास गरिने वडाध्यक्ष श्रीसले उल्लेख गर्नुभयो। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट रु १५ लाख विनियोजन भएकाले यसबाट विहारको तला थपिने र बगैँचा पनि निर्माण गरिने उहाँले जानकारी गराउनुभयो  । 

    हाल यस क्षेत्रमा वृक्षरोपण भइरहेको छ । राष्ट्रिय लोकमार्ग नजिकै रहेको हुँदा यस क्षेत्रमा विदेशीका साथै धार्मिक पर्यटक पनि आउने सम्भावना रहेको छ  । अहिले विहारमा बौद्ध दर्शनका बारेमा प्रवचन दिइनाका साथै बेलाबेलामा भिक्षु आउने गरेका  छन् । लोकमार्गदेखि विहारसम्म पुग्ने सडक अप्ठ्यारो रहेको हुँदा यसलाई व्यवस्थित गर्न प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिने  वडाध्यक्ष श्रीसले बताउनुभयो ।

    “रिघा गाउँ र बुद्धविहारलाई जोडेर ‘पयटकीय हब’ का रुपमा विकास गर्ने योजना बनाएका छौँ, यहाँको कला, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यलाई अब देश विदेशसम्म फैलाउनु छ,” उहाँले भन्नुभयो, “यहाँ भौतिक पूर्वाधार निर्माण गर्ने चरणमा छौँ, हरेक वर्ष काम पनि भइरहेको छ, यहाँ आउने सडक अलिकति अप्ठ्यारो छ, यसलाई व्यवस्थित गर्नका लागि पनि माथिल्लो निकायसँग आग्रह गरेका छौँ, पहिलेको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ ।”

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend