Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बुटवल-६ बाट अन्नपूर्ण माविलाई विशेष सम्मान : शिक्षा र समाज रूपान्तरणको योगदानको उच्च कदर


५, असार २०८३
  • 322
    SHARES
  • बुटवल-६ बाट अन्नपूर्ण माविलाई विशेष सम्मान : शिक्षा र समाज रूपान्तरणको योगदानको उच्च कदर

    बुटवल । शिक्षा, समाजसेवा तथा आर्थिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएको अन्नपूर्ण माध्यमिक विद्यालय लाई अन्नपूर्ण माध्यमिक विद्यालय बुटवल उपमहानगरपालिका वडा नं. ६ ले विशेष सम्मान प्रदान गरेको छ। विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै समुदायमा सकारात्मक परिवर्तनको बलियो आधार निर्माण गरेको मूल्याङ्कनसहित एक विशेष समारोहका बीच सम्मान पत्र प्रदान गरिएको हो।

    उक्त सम्मान पत्र बुटवल वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने ले विद्यालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा विद्यालयले स्थानीय स्तरमा शिक्षा र सामाजिक विकासमा खेलेको भूमिकाको खुलेर प्रशंसा गरिएको थियो।

    सम्मान ग्रहणपछि विद्यालयका प्रधानाध्यापक मित्रहरी आचार्यले वडा अध्यक्ष लोकनाथ न्यौपाने तथा सम्पूर्ण वडा परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै यो सम्मान सामूहिक विश्वास र सहयोगको प्रतिफल भएको जनाएको छ।

    विद्यालयको सन्देशमा भनिएको छ-“यो सम्मान कुनै एक व्यक्तिको उपलब्धि मात्र होइन, निरन्तर साथ, सहयोग, प्रेरणा र विश्वास प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरूको साझा सम्मान हो। यसले आगामी दिनमा अझ जिम्मेवार, समर्पित र सेवामुखी भएर शिक्षा तथा समाज विकासमा योगदान पुर्‍याउने प्रेरणा दिएको छ।”

    शिक्षा र सामाजिक विकासमा अन्नपूर्णको उदाहरणीय योगदान  अन्नपूर्ण माध्यमिक विद्यालय ले केवल गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको रूपमा मात्र होइन, समग्र  बुटवल उपमहानगरपालिका को शैक्षिक, सामाजिक तथा आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

    स्थानीय सरकार र शैक्षिक संस्थाबीचको यस्तो सहकार्य, सम्मान र साझेदारीले शिक्षा क्षेत्रमा थप सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ। विद्यालयले पुनः बुटवल उपमहानगरपालिका तथा स्थानीय सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend