Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर


२४, असार २०८३
  • 85
    SHARES
  • सिभिल अस्पतालमा औषधि खरिदमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

    काठमाण्डाै – काठमाण्डौको मीनभवनमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै ८ जनाविरुद्ध मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ करोड ९१ लाख २४ हजार ५४७ रुपैयाँ बिगो मागदाबी गर्दै उनीहरूविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दीप ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुँवर, दिनेश पन्त, दीपक सापकोटा तथा स्टोरकिपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

    उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नभई बिलबिजक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाइएअनुसारको औषधि मौज्दात नरहेको आरोपपत्रमा उल्लेख छ ।​​​

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend