Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भोटेकोशी विपद् : उद्धार र राहतमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष


१५, भदौ २०८३
  • 74
    SHARES
  • भोटेकोशी विपद् : उद्धार र राहतमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

    काठमाडौँ। भोटेकोशी विपद्पछिको उद्धार, राहत र भौतिक पुनर्निर्माणका सम्बन्धमा नेपाली कांग्रेसले बुद्धिजीवी तथा प्राविधिक विज्ञहरूसँग छलफल गरेको छ । 

    नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको आयोजनामा सोमबार ललितपुरस्थित बी.पी. स्मृति भवनमा सो छलफल भएको हो ।

    छलफलमा सहभागी वरिष्ठ इन्जिनियर, योजनाविद् र प्राज्ञिक विज्ञहरूले कठिन भौगोलिक क्षेत्रमा रहेका जलविद्युत् सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले देखाएको तत्परताको परिणाम शून्य रहेको बताए । 

    उनीहरूले हराइरहेका र फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन नियतवश ढिलाइ गरिएको र स्थापित प्राविधिक विज्ञहरूको सट्टा केवल सुरक्षा निकायलाई मात्र परिचालन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

    विज्ञहरूले राज्यका निकायहरू परिचालन भएको देखिए पनि प्रदेश र स्थानीय सरकारलाई नियोजित रूपमा सहकार्यबाट बाहिर राखिएको बताए । 

    राहत वितरण, पहुँच र सञ्चारकाबिच समन्वय नहुँदा पीडित नागरिकले राहत पाउन नसकेको र सूचना प्रवाहमा राजनीतिकरण गरिएको ठहर छलफलले गरेको छ । 

    यस्तै, सरकारले सत्तारूढ दल सम्बद्ध जनशक्तिलाई मात्र विज्ञका रूपमा लिँदा अन्य दक्ष जनशक्तिको अवमूल्यन भएको सहभागीहरूले बताए ।

    छलफलमा प्रा. डा. इन्द्र आचार्य, पवन भट्टराई, सुवासचन्द्र बराल, लक्ष्मण के.सी., डा. मुकेश काफ्ले, दिनेश भट्ट, विनोद देवकोटा, सुदर्शन भण्डारी, गोपाल निउरे, उमेश धिताल र कागडा प्रसाईं लगायतका इन्जिनियरहरूको सहभागिता थियो । उनीहरूले सरकारलाई भेदभाव रहित ढङ्गले दक्ष जनशक्ति र आधुनिक उपकरण परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन र स्थानीय सरकारको व्यापक परिचालन गर्न सुझाव दिएका छन् ।

    कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका उपप्रमुख विश्वप्रकाश शर्माले विपत्तिको घडीमा मानवीय ढङ्गले काम गर्न सरकारलाई आग्रह गरे ।

    उनले यसलाई राजनीतिक उपयोगको विषय नबनाउन सचेत गराउँदै सही ढङ्गले उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक दबाब सिर्जना गर्ने बताए । उपसमितिका संयोजक इन्जिनियर अमृत ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend