Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्य यथावत (विज्ञप्तिसहित)


१७, भदौ २०८३
  • 169
    SHARES
  • पेट्रोलियम पदार्थको मूल्य यथावत (विज्ञप्तिसहित)

    ठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ।

    निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्नुका साथै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका कारण निगममाथि थप आर्थिक भार परेको जनाएकाे हाे। निगमले भदौ १७ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिएको हो।

    निगम सञ्चालक समितिको निर्णय अनुसार उपभोक्तामाथि थप मूल्यभार नपरोस् भन्ने उद्देश्यले मूल्य यथावत् राखिएको जनाइएको छ। निगमले हालको मूल्यमा पेट्रोल र डिजेलरमट्टितेलको बिक्री गर्दा निगमलाई घाटा भइरहेको जनाएकाे हाे।

    नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब २४ करोड ३७ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

    त्यसैगरी, हवाई इन्धन र एलपी ग्यासको मूल्यमा पनि अन्तर्राष्ट्रिय बजार तथा खरिद लागतको प्रभाव परेको निगमले जनाएको हाे।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend