Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो


१८, भदौ २०८३
  • 127
    SHARES
  • उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

    चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन उपत्यका बाहिरै सिलिन्डरमा ‘बोटलिङ’ गरेर पठाउन थालिएको छ। ग्यास बोकेका बुलेटहरू वैकल्पिक मार्गबाट पनि उपत्यका प्रवेश गर्न नसकेपछि बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रकमा राखी काठमाडौँ पठाउने व्यवस्था मिलाइएको हो।

    नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार आयल निगमले उपत्यका र छिमेकी जिल्लामा रहेका १६ उद्योगलाई बाहिरका उद्योगबाट ग्यास भर्न अनुमति दिएको छ। सोही अनुसार बारा, पर्सा, चितवन, मकवानपुर तथा नवलपरासीका ग्यास उद्योगहरूसँग समन्वय गरी सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यका पठाउन थालिएको छ।

    सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार धादिङ नौबिसेस्थित श्री ग्यासका १ हजार ५०० सिलिन्डर चितवनको बाबा ग्यासमा भरेर पठाइएको छ। यस्तै, चितवनकै साईबाबाले आफ्नै ९०० सिलिन्डर र नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर उपत्यका पठाएका छन्।

    यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जको मनोज ग्यासमा र काठमाडौँका एभरेष्ट तथा सुगम ग्यास हेटौँडाको साहारा ग्यासमा भरेर पठाइएको छ। बनेपाका सगरमाथा, लोकप्रिय, सुपर र तारा ग्यासलगायतका उद्योगहरूले पनि उपत्यका बाहिरका प्लान्टमा बोटलिङ गराई आपूर्ति सहज बनाइरहेका छन्।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend