Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको ७ करोड ५० लाख सहयोग, प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत पनि वितरण


२५, भदौ २०८३
  • 68
    SHARES
  • भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको ७ करोड ५० लाख सहयोग, प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत पनि वितरण

    काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख सहयोग गरेको छ।

    नेपाल सरकारले विपद्पीडितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले इनड्राइभले उक्त रकम योगदान गरेको जनाएको छ। करिब ५ लाख अमेरिकी डलर बराबरको सहयोग रकम इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

    नेपाल–चीन सीमाक्षेत्र नजिकै अगस्ट २६ मा गएको हिम तथा चट्टानी पहिरोपछि आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो।

    विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र बेपत्ता व्यक्तिको खोजीका कार्य निरन्तर जारी छन्।

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक योगदान गर्नुका साथै इनड्राइभले प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पनि पुर्‍याएको जनाएको छ। यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री वितरण गरिएको हो।

    प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको इनड्राइभले जनाएको छ। विपद्पछि कठिन परिस्थितिमा रहेका परिवारलाई दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउनु उक्त राहत अभियानको मुख्य उद्देश्य रहेको बताइएको छ।

    इनड्राइभका संस्थापक तथा सीईओ आर्सेन टोम्स्कीले नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति तथा कठिन परिस्थितिमा पुर्‍याएको भन्दै पीडितप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    उनले नेपाल इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा नेपाली जनताको साथमा उभिन चाहेको बताएका छन्। उक्त सहयोगले तत्काल सहायता आवश्यक रहेका परिवारसम्म राहत पुर्‍याउन तथा प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणमा योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।

    इनड्राइभले विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै अझै बेपत्ता आफन्तको खोजी र खबरको प्रतीक्षामा रहेका परिवारसँग समेत ऐक्यबद्धता जनाएको छ।

    कम्पनीले यो सहयोग तत्काल राहतमा मात्र सीमित नराखी प्रभावित समुदायलाई सामान्य जनजीवनतर्फ फर्काउन आवश्यक पर्ने पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुर्‍याउने उद्देश्य राखेको जनाएको छ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायसँगै निजी क्षेत्रबाट समेत सहयोग जुटिरहेका बेला इनड्राइभको ७ करोड ५० लाख रुपैयाँको योगदानलाई विपद्पछिको राहत तथा पुनर्निर्माण अभियानमा महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend