Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सुन तोलामै ४ हजार ८०० रुपैयाँले सस्तो, चाँदीमा पनि ठूलो गिरावट


२६, भदौ २०८३
  • 66
    SHARES
  • सुन तोलामै ४ हजार ८०० रुपैयाँले सस्तो, चाँदीमा पनि ठूलो गिरावट

    काठमाडौं । भदौ २६ गते शुक्रबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। एकैदिन सुन प्रतितोला ४ हजार ८०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले ओरालो लागेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अघिल्लो दिन बिहीबार भने सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

    पछिल्लो समय लगातार उच्च मूल्यको रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा शुक्रबार एकैदिन उल्लेख्य गिरावट आएपछि बजारमा नयाँ चर्चा सुरु भएको छ। तोलामै करिब पाँच हजार रुपैयाँ घट्नुले सुन बजारमा देखिएको तीव्र उतारचढावलाई स्पष्ट पारेको छ।

    त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ रुपैयाँ रहेको थियो।

    यसरी एकैदिन सुन प्रतितोला ४ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला २५५ रुपैयाँले घटेसँगै नेपाली बजारमा बहुमूल्य धातुको मूल्यमा ठूलो गिरावट देखिएको छ। सुनचाँदीको मूल्यमा आएको यो परिवर्तनले व्यवसायी, लगानीकर्ता तथा उपभोक्ताको ध्यान बजारतर्फ तानेको छ।

  • सुनको भाउ फेरि उकालो, तोलामा ८०० रुपैयाँ बढ्दा चाँदी २५ रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ भने चाँदीको भाउ घटेको छ। सोमबार

  • दसैँ बिदापछि आज खुल्दै सेयरबजार, लगानीकर्ताको नजर बजारको दिशामा

    काठमाडौँ । दसैँको करिब १० दिन लामो बिदापछि आजदेखि सेयरबजार खुल्दैछ। लामो समयपछि कारोबार सुरु

  • दसैँ बिदापछि बजार खुल्दा सुनको भाउमा ठूलो गिरावट, तोलामै ११ हजार ६०० घट्यो

    काठमाडौं । दसैँ बिदापछि खुलेको स्थानीय बजारमा सुनको भाउमा भारी गिरावट आएको छ। आइतबार सुनको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend