Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सरकारी उद्योग निजी क्षेत्रलाई, सरकार ‘उद्योग चलाउने’ पक्षमा छैन : अर्थमन्त्री वाग्ले


२६, भदौ २०८३
  • 63
    SHARES
  • सरकारी उद्योग निजी क्षेत्रलाई, सरकार ‘उद्योग चलाउने’ पक्षमा छैन : अर्थमन्त्री वाग्ले

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै हस्तान्तरण गर्ने सरकारको नीति रहेको स्पष्ट पारेका छन्।

    शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आफैँ सरकारी उद्योग सञ्चालन गर्न लागेको भन्ने बाहिरको भाष्य गलत भएको बताए। उनका अनुसार सरकारी स्वामित्वमा रहेका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेपछि सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिइनेछ।

    वाग्लेले गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट, उदयपुर सिमेन्टलगायत सातवटा सार्वजनिक उद्योगको विस्तृत मूल्यांकन (डीडीए) सम्पन्न भइसकेको जानकारी दिए। मूल्यांकनबाट प्राप्त विवरणका आधारमा सरकारी जग्गा तथा अन्य सम्पत्तिको व्यवस्थापन गरेर उद्योग सञ्चालनमा निजी क्षेत्रका लागि बाटो खुला गरिने उनको भनाइ छ।

    उनले सरकारले लामो समयदेखि बन्द तथा समस्याग्रस्त अवस्थामा रहेका उद्योगलाई तत्काल पुनः सञ्चालनको अवस्थामा पुर्‍याउन आवश्यक प्रारम्भिक काम मात्र गरिरहेको बताए।

    ‘सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ, तर हामीले धुलो टक्टक्याएका मात्र हौँ । यसलाई एउटा निश्चित बिन्दुमा पुर्‍याएर निजी क्षेत्रलाई नै दिने हो,’ उनले भने।

    अर्थमन्त्री वाग्लेले सरकारी उद्योगसम्बन्धी विषयमा अहिले नै हतारमा निष्कर्ष निकाल्ने गरी ‘प्रिम्याच्योर’ भाष्य निर्माण गर्नु उपयुक्त नभएको पनि बताए। सरकारको उद्देश्य उद्योग सञ्चालनमा प्रत्यक्ष संलग्न हुने नभई सम्पत्ति, दायित्व र कानुनी जटिलता व्यवस्थापन गरेर निजी क्षेत्रलाई लगानी तथा सञ्चालनका लागि अनुकूल वातावरण बनाउनु रहेको उनले स्पष्ट पारे।

    सरकारी उद्योगको व्यवस्थापनमा लामो समयदेखि देखिँदै आएको वित्तीय भार, सञ्चालनगत कमजोरी र सम्पत्ति उपयोगको समस्यालाई समाधान गर्दै निजी क्षेत्रको दक्षता र लगानीमार्फत उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी देखिन्छ।

     
     

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend