Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शैक्षिक सुधारको योजना बनाउदै मालारानी गाउँपालिका


२५, साउन २०८०
  • 349
    SHARES
  • शैक्षिक सुधारको योजना बनाउदै  मालारानी गाउँपालिका

    नबिन के.सी,
    अर्घाखाँची । मालारानी गाउँपालिका शिक्षा शाखाको आयोजनामा  मालारानी गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि बिद्यालयका प्रधानाध्यापक र पालिकाका कर्मचारी एवम् जनप्रतिनिधी बिच अन्तरसंवाद सम्पन्न भएको छ  ।


    पालिकाभित्र रहेका सामुदायिक बिद्यालयहरुको समस्या तथा बिद्यालयले गर्नुपर्ने कार्य र पालिकाले खेल्नुपर्ने भुमिकाको बिषयमा अन्तरसंवाद भएको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले बताउनु भयो । ‘बिद्यालयहरुको अबस्थाको बारेमा रिपोटिङ्गसँगै आगामि दिनको कार्ययोजना समेत निमार्ण गरी सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि नियमित रुपमा छलफल गर्ने गरी प्रध्यानाध्यापकज्यूहरुसंग बैठक सम्पन्न गरेका छौ । ’


    वडास्तरमा रहेको शिक्षा समितिले कार्यतालिका नै बनाएर काम गर्ने गरी निर्णय भएको पालिकाका सामाजिक बिकास समितिका संयोजक तिलक मिश्रले बताउनु भयो । ‘कक्षा ५ को उपलब्धी परिक्षण भदौको पहिलो हप्ताभित्र , वडा शिक्षा समितिले केन्द्र निर्धारण र परिक्षा व्यबस्थापन गर्ने , प्रश्न पत्र कार्यालयले निर्माण गर्ने र बिद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा बिश्लेषण, प्रधानाध्यापकको बैठक र अभिभाबक बिच अन्तरक्रिया कार्य भदौको पहिलो हप्ता भित्र वडा शिक्षा समितले गर्ने गरि निर्णय भएको छ । ’


    पालिका भित्रबाट एस ई।ई परिक्षाको नतिजाको समेत समिक्षा गरी आगामि दिनमा नतिजा राम्रो बनाउन सरोकारवालाको भुमिकाको बिषयमा छलफल संगै कार्ययोजना निर्माण भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश भुसालले जानकारी दिनु भयो । ‘यस पटक मालारानी गाउँपालिकाका १४ वटा बिद्यालयबाट एस ई।ई परीक्षामा ५सय ५४ जना बिद्यार्थी सहभागी भएकोमा प्राप्त भएको नतिजाको बिश्लेषण गरि आगामि दिनमा सुधारका योजनाहरु समेत अगाडि बढाउनुका साथै प्रधानाध्यापकहरुलाई बिद्यालयको शैक्षिक, प्रशासकीय र ब्यवस्थापकीय कार्यकुशलता प्रदर्शन  गर्न उत्प्रेरित गरेका छौ । ’


    पालिकाले स्थानीय पाठ्यक्रमको स्रोत सामाग्री निर्माण गर्नको लागी कार्यदल समेत निर्माण गरेको पालिकाका शिक्षा अधिकृत रमेश पन्थीले बताउनु भयो । ‘पालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण सम्पन्न गरी कार्यन्वयन गर्ने चरणमा रहेकोमा यसवर्ष उक्त पाठ्यक्रम कार्यान्वयनमा सहजीकरणको लागि श्रोत सामग्री निर्माणको तयारी थालिएको छ । पालिकाका भित्र रहेका ३३ वटा बालबिकाश केन्द्रमा स्मार्ट टि।भिबाट अध्यापन गराउने कार्यको सुरुवात तुरुन्तै गर्दैछौं । ’  


     शैक्षिक गुणस्तर सुधारको लागि बिद्यालयले गरेका प्रयास र गाउँपालिकासंगको अपेक्षा र समस्याहरुका बिषयमा पालिकालाई जानकारी गराएको सरस्वती आधारभुत बिद्यालयका प्रध्यानाध्यापक कृष्ण पौडेलले बताउनु भयो । यसप्रकारको अन्तरसंवादले शैक्षिक गुणस्तर सुधार गर्न र बिद्यालयका समस्याहरु समेत राख्न पाईने र समाधानको प्रयास हुने हुदाँ यस्ता संवादलाई निरन्तरता दिनु पर्दछ । ’


    सामाजिक बिकास समितिका संयोजक तिलक मिश्रको अध्यक्षता, गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको प्रमुख आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालको विशिष्ट आतिथ्य, शिक्षा शाखाका प्रमुख रमेश पन्थीको स्वागत मन्तव्य र प्रस्तुतीकरण रहेको उक्त कार्यक्रमको संचालन प्राबिधिक साहायक  सरिता पन्थीले गर्नुभएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend