Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

निजी विद्यालय संगठनद्धारा काठमाडौंमा विरोध प्रदर्शन 


२५, साउन २०८०
  • 163
    SHARES
  • निजी विद्यालय संगठनद्धारा काठमाडौंमा विरोध प्रदर्शन 

    काठमाडौँ । शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

    विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुच, विधेयक कसले र कसका लागि बनायौं ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

    प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताउनुभयो । गुठीमा भएका विद्यालयहरुले नै दुख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उहाँले बताउनुभयो । 

    शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउदैँ उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन् ।  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend