Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढदो


३०, साउन २०८०
  • 252
    SHARES
  • अर्घाखाँचीमा भाइरल ज्वरोका बिरामीको संख्या बढदो

    सागर महत, अर्घाखाँची । अर्घाखाँचीमा केहिदिन यता भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा मात्र दैनिक २ सय बिरामी आउने गरेकोमा अहिले बढेर ३ सय पुगेको अस्पतालले जनाएको छ ।

    सबै भन्दा बढी ५० प्रतिसत बालबालिकामा भाइरल ज्वरोको समस्या देखा परेको अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बताउनुभएको छ।

    यस्तै साउन महिनामा मात्र जिल्लाभरमा ३५ जनालाई डेंगी संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । जसमध्ये १३ जना लाई अस्पतालमा परिक्षण गर्दा पुष्टि भएको डा.तिवारीको भनाई छ । यता स्क्रब टाइफसका बिरामी पनि फेला परेको उहाँको भनाइ छ ।

    यता अस्पतालले पछिल्लो समय आँखाका बिरामीको पनि चेक जाँच गदै आएकोमा दैनिक २५ भन्दा बढीको चेक जाँच गर्दा ५ जनामा आँखा पाक्ने समस्या देखा परेको जनाएको छ । ५० सैया नामको मात्र अस्पताल भने पनि बिरामीले १५ सैया बाट सेवा लिएका छन । भुइँ तथा बेन्चमा बसेर बिरामीले सेवा लिन बाध्य छन ।

    सुविधा सम्पन्न अस्पताल बन्दै
    यस आर्थिक वर्षमा अर्घाखाँची अस्पतालको भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अनुसार ६ करोड बजेट विनियोजन भएको छ । यो संगै ५० शैयाको सुविधा सम्पन्न भवन निर्माणको काम थालनी हुनको लागि बहुवर्षिय शिर्षकबाट बजेटमा समावेश गरिएको छ ।

    १५ वर्ष अगाडी नै देखि चुनावी एजेण्डाको रुपमा अस्पताल लाई अगाडी सारेपनि काम हुन,सकेको थिएन। अब बजेट परेपछि यहाँका नागरिकमा अस्पताल बन्नेमा केहि आशा पलाएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend