Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै


३०, साउन २०८०
  • 299
    SHARES
  • दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

    काठमाडौँ । पठन संस्कृतिको प्रवर्द्धनका लागि आगामी भदौ ५ देखि १० गतेसम्म काठमाडौँमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ हुने भएको छ ।

    नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको सहकार्यमा हुने प्रदर्शनीमा चीन, संयुक्त राज्य अमेरिका, इजिप्टलगायत मुलुकका प्रकाशक, उत्पादक तथा वितरक गरी एक सय ८० ‘स्टल’ रहनेछन्  । सोमबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रदर्शनीमा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

    महासङ्घका अध्यक्ष सञ्जयकुमार चौधरीले विदेशी लेखकबाट लेखिएका र विदेशमै प्रकाशित पाठ्यसामग्रीमा मात्र निर्भर रहनुपर्ने अवस्था पार गरी हाल आफूहरू आत्मनिर्भर पुस्तक व्यवसायी हुन सफल रहेको जनाउँदै महोत्सवबाट स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीको आयात, निर्यात र वितरणमा सहकार्य एवं सहजीकरणको वातावारण बन्ने बताउनुभयो ।

    महासङ्घका महासचिव शिवसागर शर्माले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति, सञ्चार आदान–प्रदानको माध्यमबाट आपसी सम्बन्ध प्रगाढ बनाउन प्रदर्शनीले भूमिका खेल्ने जनाउनुभयो । हाल सो महासङ्घमा १५ हजारभन्दा बढी व्यवसायी आबद्ध छन् । करेन्ट मिडियाका प्रबन्ध निर्देशक किरण गौतमले शिक्षा क्षेत्रका सरोकारवाला, सामुदायिक र निजी विद्यालय, विद्यार्थी, अभिभावक एवं आम पाठकका लागि तथा शिक्षा, संस्कृति र सञ्चारको एक साझा सङ्गमस्थल हुने भएकाले प्रदर्शनीमा सहकार्य गरिएको जनाउनुभयो ।

    महासङ्घले विसं २०६४ देखि ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नयाँ अभियान’, ‘हातहातमा पुस्तक, घर–घरमा पुस्तकालय’ आदि नाराका साथ बृहत् पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव गर्दै आएको छ ।

  • त्रिविमा परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै

  • राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट : नयाँ कार्यक्रमदेखि ‘पूर्ण डिजिटलाइजेशन’सम्म प्राथमिकता

    जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend