Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बसपार्कमा होटलवालाको सिण्डिकेट : धरासायी बन्दै अन्य होटल 


८, भदौ २०८०
  • 244
    SHARES
  • बसपार्कमा होटलवालाको सिण्डिकेट :  धरासायी बन्दै अन्य होटल 


    बुटवल । बुटवलको इट्टाभट्टी लाईनका अधिकांश होटलहरुमा केहिसमय यता साँझको खाना नपाकेको धेरै भयो । पाहुनाहरुको पर्खाइमा खाना बनाउनको लागि सबै सामाग्री तयारी गरेका होटलका चुलोमा आगो नबल्दा होटल व्यवसायीहरु अत्तालिन थालेका छन् । तर  केही होटलहरुमा भने बास बस्नेहरुको संख्या खचाखच छ । यसको कारण बुटवलमा केही होटलवालाको सिण्डिकेट भएकाले अन्य होटलहरुलाई असर परेको दुखेसो व्यवसायीहरुको छ ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका पूर्व कार्यसमिति सदस्य र मनिषा होटलका सञ्चालक कृष्णप्रसाद पाण्डेले बसपार्कमा केही होटलको चरम सिण्डिकेट चलेका कारण अन्य होटलमा असर परेको ठोकुवा गर्नुभयो । अन्यत्र ठाउँबाट बुटवल बसपार्क आएर गन्तव्य जाने यात्रुहरुलाई  जबर्जस्ती गर्ने, धेरै जनाले एकजनालाई घेर्ने गरेकाले पछिल्लो समय सचेत यात्रुहरु आउन छोडेको गुनासो गर्दै अभद्र व्यवहारले गर्दा पाहुनाहरु आतंकित भएकाले आन्तरिक पर्यटकमा नराम्रो असर परेको बताउनुभयो ।

    होटल व्यवसायी कविराज अर्यालले सिण्डिकेट र ई-रिक्साहरुले कमिसन आउने होटल र गलत क्रियाकलाप हुने ठाउँमा लैजाने भएकाले बसपार्क क्षेत्रका होटलहरुमा केही अगाडिदेखि खानासमेत पाक्न छाडेको दुखेसो सुनाउनुभयो । जसले साना तथा मझौला होटलहरु कुनै विक्रि भइसकेको र कोही विक्रीका लागि तयारीमा रहेको जानकारी दिनुभयो । 

    हाम्रो होटल एण्ड लजका सञ्चालक राधा न्यौपानेले केही होटलको मनपरी चलेको बताउनुभयो । उहाँले यो समस्या विगतदेखि नै जड गढेको छ । केही ग्राहकहरुले आफुहरुको होटलको नाम लिएर कहाँनेर छ भनेर सोध्दा छैन भनिदिने झुठ बोल्ने गरेको सुनाउनुभयो । बसपार्कमा कोही नजाने भनेर आवाज उठाउँदा वादविवादमा उत्रने गरेको बताउँदै लगानी सबैले गरेका छौं, बसपार्क कोही नजाने हो भने पाहुनाहरु बाँडिएर बस्नु हुन्थ्यो । जसले गर्दा घरवहाल तिर्न र कर्मचारीलाई चलाउन सम्म पुगेपछि होटल चलाउने आधार हुने थियो । 

    अर्का होटल व्यसायी होटल ओजनका सञ्चालक लक्ष्मण भण्डारीले दिल्ली जाने बसहरुको मनपरीले गर्दा थप नराम्रो सँग मार खेप्नु परेको जनाउँदै समयसीमा तोकिनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ट्राभल्सहरुले नियम विपरीत आफ्नो फाइदाका लागि काम गर्दै आएका छन् ।

    हामी र ट्राभल्सका प्रतिनिधि बसेर दुईपटक सम्म गरेको सम्झौता कार्यान्वयन गर्नुको साटो दादागिरी शैलीमा चलेका कारण नियामक निकायहरु उदार भएकाले उनिहरुको कार्यले थप प्रोत्साहन पाउँदै आएको भण्डारीले उल्लेख गर्नुभयो। 

    चन्द्रसूर्य रामपुर होटलका सञ्चालक तथा वर्तमान पर्यटन उपाध्यक्ष समेत रहनु भएका रोमाकान्त पाण्डेले कोरोना र प्रदेश राजधानी सरेकाले असर परिरहेका बेला होटलहरुको सिण्डिकेटले झन गम्भीर असर पारेको जनाउँदै उहाँले पनि ट्राभल्सको ज्यादतीले होटलमा बास बस्ने पाहुनाहरुलाई राती अबेरसम्म भारतको दिल्लीका लागि गाडि छुटाएर लैजाने गरेकाले होटलहरु सुक्दै गएको दुखेसो पोख्नुभयो ।

    उहाँ भन्नुहुन्छस् हामीले यसबिषयमा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेयलाई समेत जानकारी गराउँदा आगामी असोजसम्म नियम बनाएर व्यवस्थित गरिने आश्वासन पाएको वताउँदै इट्टाभट्टी लाईनमा भारतबाट ल्याएका यात्रुहरुले फोहोर समेत गर्ने गरेको र अस्तव्यस्त गाडि पार्किङले ट्राफिक समस्या निम्त्याउने र कहिलेकाहीँ ट्राफिक प्रहरीलाई बोलाएर जाम हटाउन लगाउनुपर्ने गरेको वताउनु भएको छ ।

    होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका पूर्वअध्यक्ष समुन्द्र जिसीले भारतको दिल्लीका लागि छुटाउने ट्राभल्सले साँझ ६/७ बजेसम्म छुटाउने भएकाले होटलहरुमा ठूलो असर परेको बताउनुभयो । उहाँले कोभिड-१९ पछिको आर्थिकमन्दीले थला पारेको बेला केही चल्ने आधार हुने बेलामा ट्राभल्सका कारण थप धरासायी बन्दै गएको तर्क गर्दै आफु अध्यक्ष हुँदा दुईपटक सम्म वडा प्रहरी कार्यालय रामनगर र संघकै कार्यालयमा सहमति भएपनि ट्राभल्सहरुले पालना नगरेर जबर्जस्त गर्दै आएकोमा आपत्ति जनाउनुभयो ।

    यता होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दिल्ली जाने बस, निश्चित स्थान नहुनुले केही असर पारेको बताउनुभयो। कोरोनापछि थला परेका पर्यटनसँग सम्बन्धित होटलहरुलाई जोगाउन घरवेटी र जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने औल्याउँदै यस्तै रहे होटलहरु पलायन हुने र जसले गर्दा बजारको अस्तित्व पनि गुम्ने खतरा बढेर गएको जनाउनुभयो । उहाँले फरक मत राख्दै भन्नुभयो, बसपार्कमा मान्छे बोलाउन जानेले असर परेको नभई गौतमबुद्ध विमानस्थल सञ्चालन नहुनु, लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी विकास कोषले बाहिर आउन नदिनु लगायत समस्या रहेको जिकिर गर्नुभयो। 

    यस्तो छ सिण्डिकेटको कहानी 
    बुटवलको नयाँ बसपार्कमा केही होटल व्यवसायीको एकछत्र राज चल्दै आएका कारण अन्य होटलका कर्मचारी गएमा धम्काउने र केही समय पहिले कुटपिट समेत भएको रहस्य फेला परेको छ । 

    बसपार्कमा यात्रुहरुलाई बोलाउन होटलका जिम्मेवार व्यक्ति समेत पुग्ने गरेको बुझिएको छ । स्वतन्त्र रुपमा ग्राहकहरुले होटलहरु छानेर बस्न पाउदैनन्, बसपार्कबाटै ग्राहकहरुलाई तानातान गरेर होटल पुर्‍याईन्छ, त्यसमाथि ई-रिक्साहरुको पनि आफुसँग सम्पर्कमा कमिसन पाउने होटलमा वेलबासका होटलसम्म पुर्‍याउने गरेको। 

    ट्राभल्सको दादागिरी 
    ट्राभल्सका पदाधिकारी र होटल तथा रेष्टुरेन्ट संघका प्रतिनिधिबिच गरिएको सहमतिको ठाडो उल्लघंन । 

    बसपार्क पछाडिको कालिका पथमा भारतका लागि यात्रु बोक्ने गाडीहरुको अव्यवस्थित लामो समयको पार्किङले आसपासका व्यवसायमा असर ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend