Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बागमतीमा र्‍याफ्टिङ


९, भदौ २०८०
  • 265
    SHARES
  • बागमतीमा र्‍याफ्टिङ
    काठमाडौं । बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धनका साथै जल पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यले आज बागमती नदीमा र्‍याफ्टिङ गरिएको छ ।
         
    नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्स क्लब कुपन्डोललगायत संस्थाको सहकार्यमा बागमतीमा र्‍याफ्टिङ गरेर २३औँ संस्करणको ‘बागमती नदी महाजलयात्रा महोत्सव’ मनाइएको हो ।
         
    महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदी र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गर्नुभएको थियो । नाराका अध्यक्ष शिव अधिकारीका अनुसार बिहान कुपण्डोलस्थित बागमती पुलबाट कीर्तिपुरको सुन्दरीघाटसम्म छ किलोमिटर दूरीमा जलयात्रा गरिएको छ । पन्ध्र बोटमा एक सय ५० जनाले र्‍याफ्टिङ गरेका थिए । पञ्चेबाजा, नेवारी बाजा र ‘म्युजिक ब्यान्ड’ सहित जलयात्रा महोत्सव गरिएको थियो ।
         
    कार्यक्रममा सांसद ज्ञानबहादुर शाही, पूर्वमुख्यसचिव लीलामणि पौडेल, पूर्वसचिव दीपेन्द्र पुरुष ढकाललगायत पूर्वसरकारी अधिकारी, पर्यटन व्यवसायी एवं स्थानीयको उल्लेख्य सहभागिता थियो ।नाराका अध्यक्ष अधिकारीले बागमती नदी तथा यसका सहायक नदीको बिग्रँदो अवस्थालाई सुधार गर्दै बागमती नदीलाई माछा बाँच्न योग्य, पौडी खेल्न र पानी खान योग्य, तथा मृतकका लागि शुद्ध जल तर्पणयोग्य बनाउने जलजात्रा कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
         
    उहाँले नदीको समुचित संरक्षण गरी यी क्षेत्रमा भएका सम्पूर्ण मठमन्दिर, देवस्थल, चिहान, धर्मशाला आदि सबैको जीर्णोद्धार र पुनःनिर्माण गरी काठमाडौँ उपत्यकाको सभ्यता र संस्कृतिको पहिचान गराउन महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend