Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

नरैनापुरमा क्याम्पस स्थापना गर्न माग


१२, भदौ २०८०
  • 153
    SHARES
  • नरैनापुरमा क्याम्पस स्थापना गर्न माग

    बाँके । बाँकेको विकट मानिने नरैनापुरमा क्याम्पस स्थापनाका लागि स्थानीय युवा खटिएका छन् । उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न ती क्षेत्रका युवा आवश्यक स्रोत र पूर्वाधारको खोजीमा लागिपरेका छन् ।

    विशेष गरेर नरैनापुर गाउँपालिकामा क्याम्पस नहुँदा यहाँका छात्रालाई उच्च शिक्षा अध्ययन गर्न समस्या हुँदै आएको जनाइएको छ । सदरमुकाम नेपालगन्जबाट ४४ किलोमिटर दक्षिणपूर्व भारतीय सीमासँग जोडिएको नरैनापुरमा कक्षा १२ सम्म पढाइ हुने माध्यमिक विद्यालय सञ्चालन भए पनि अहिलेसम्म स्नातक तह अध्ययन गर्न राप्ती सोनारी गाउँपालिका वा नेपालगन्ज पुग्नुपर्ने बाध्यता रहेको स्थानीय युवा विनय दीक्षितले बताउनुभयो ।

    गाउँपालिकामा क्याम्पस नहुँदा १२ कक्षा पास गरेपछि नरैनापुरका अधिकांश छात्राले पढाइ छाड्ने गरेका छन् । आफ्नै गाउँमा स्नातक तहको पढाइ हुने क्याम्पस सञ्चालन भए उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाहना पूरा हुने र शिक्षामा नरैनापुरको अवस्था सुधार हुँदै जाने दीक्षितको भनाइ छ ।

    मधेसी र मुस्लिम समुदायको बाहुल्यता रहेको नरैनापुर शिक्षाको क्षेत्रमा पछाडि परेको छ । यहाँका अधिकांश अभिभावकले छोरीलाई पढाइका लागि अझै पनि घर छाडेर बाहिर पठाउन हिच्किचाउने गरेका कारण उच्च शिक्षा अध्ययन गर्ने छात्राको सङ्ख्या न्यून रहेको स्थानीय युवा सकीर खानले बताउनुभयो ।

    गाउँपालिकामै क्याम्पस सञ्चालनका लागि गाउँपालिका कार्यालयलगायत सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै तयारी गरिएको क्याम्पस स्थापना समितिका संयोजक सोहनलाल यादवले बताउनुभयो ।

    “गाउँपालिकामा बहुमुखी क्याम्पसको आवश्यकता ठानेर स्थानीय युवा बुद्धिजीवीको अगुवाइमा प्रस्तावित सन्तानेश्वर बहुमुखी क्याम्पस स्थापनाका लागि तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “क्याम्पस स्थापनार्थ नरैनापुर गाउँपालिकाको समन्वय तथा सहकार्यमा यस क्षेत्रका सङ्घीय सांसद सूर्य ढकाल, प्रदेशसभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्षलगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिसँग भेला र छलफल सम्पन्न भएको छ ।”

    गाउँपालिका अध्यक्ष इस्तेयाक अहमद साहले नरैनापुरमा क्याम्पस सञ्चालन गर्ने आफ्नो मनैदेखिको इच्छामा युवाले अग्रसरता देखाउँदा खुसी लागेको उल्लेख गर्दै गाउँपालिकाबाट पर्याप्त बजेट छुट्याइने प्रतिबद्धता जनाउनुभयो ।

    बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले नरैनापुरमा युवा वर्गबाट स्वःस्फुर्तरूपमा क्याम्पस स्थापनाका लागि पहल गरिनु सकारात्मक भएको जनाउँदै आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । नरैनापुर गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापनाका लागि गाउँपालिका कार्यालय र क्याम्पस स्थापना समितिले नेपालगन्ज उपमहानगरपालिकालगायत अन्य स्थानीय तहसँग समेत आवश्यक समन्वय गरेको संयोजक यादवले बताउनुभयो ।  

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend