Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

मुहार फेर्दै महेन्द्र पुस्तकालय


१७, भदौ २०८०
  • 128
    SHARES
  • मुहार फेर्दै महेन्द्र पुस्तकालय

    बाँके । नेपालगञ्जस्थित पश्चिम नेपालकै ऐतिहासिक महेन्द्र पुस्तकालय संस्थागत विकासको लयमा फर्किएको छ । करिब ७६ वर्ष पहिले स्थापना भएको पुस्तकालय २०५४ देखि २०७८ सालसम्म करिब २४ वर्ष नेतृत्वविहीन हुनपुग्यो । गतवर्ष पुस्तकालयको अधिवेशनबाट निर्वाचित बलराम यादव नेतृत्वको कार्यसमितिले पुस्तकालयको संस्थागत विकासदेखि भौतिक रुपमै मुहार परिवर्तन गर्ने काम गरेको छ । 

    झण्डै ३८ वर्ष शिक्षण पेसामा योगदान गर्नुभएका यादवले आफुले हासिल गरेको अनुभव र सम्बन्धलाई पुस्तकालयमा राम्ररी सदुपयोग गर्दै एक वर्षकोे अवधिमा पुस्तकालयलाई नयाँस्वरुप दिने गरी काम गर्नुभएको छ । गतवर्ष असोज २५ गते नयाँ कार्यसमितिले कार्यभार सम्हालेपछि जीर्ण अवस्थामा रहेको पुस्तकालयको भौतिक संरचना मर्मत, सुधार, पुस्तक व्यवस्थापन, सरसफाइ, शौचालय र पानीको व्यवस्था, पुस्तकालयको गेट र वाचनालयलाई व्यवस्थित गर्ने काम गरेको यादवले बताउनुभयो । 

    पुस्तकालयले अहिले नियमित रुपमा साहित्य कार्यक्रम गर्दै आएको छ । हरेक महिनाको एक पटक बाँकेका बहुभाषिक साहित्यकारको जमघट हुने थलोे पुस्तकालय बनेको छ । विगतमा ५० जना आजीवन सदस्य रहेकामा अहिले समितिमा दुई सय २२ आजीवन सदस्य रहेका छन् । आजीवन सदस्यको शुल्कबाट उठेको रकम मुद्दति खातामा राखिएको छ । पुस्तकालयले आफ्नो योजनाअनुसार काम गर्नका लागि विभिन्न निकायसँग चन्दा र सहयोग लिने गरेको अध्यक्ष यादवले उल्लेख गर्नुभयो । आफनो कार्यकालमा अध्यक्ष यादवले पुस्तकालयको पाँच तले भवन निर्माण गर्ने योजना अगाडि बढाउनुभएको छ । 

    “पुरानो भवन निकै जीर्ण अवस्थामा रहेकाले अब नयाँ भवन निर्माणमा कार्यसमितिले तयारी सुरु गरिसकेको छ”, यादवले भन्नुभयो, “पुस्तकालयमा ई–लाईब्रेरी, बालबालिका लाईब्रेरी र ज्येष्ठ नागरिकलाई भिडियो सहितको लाईब्रेरी सञ्चालन गर्ने पनि योजना रहेको छ ।” 

    हरेक पुस्ताका मानिसलाई रुचि अनुसारको पढने सामग्री एउटै थलोमा दिन सकेमात्र पुस्तकालयको महत्व बढ्ने भएकाले त्यसका लागि समयानुसारको सुविधा पुस्तकालयमा उपलब्ध गराउन व्यवस्थापन समितिले कोसिस गरिरहेको यादवको भनाइ छ । पुस्तकालयको अहिले मुहार परिवर्तन हुने गरी काम भएको वरिष्ठ कथाकार, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा साहित्यकार सनतकुमार रेग्मीले बताउनुभयो । 

    पुस्तकालयले गत शुक्रबार मात्र १८औँ साधारणसभा सम्पन्न गरेको छ । साधरणसभाबाट पुस्तकालयलाई थप व्यवस्थित गर्दै लैजाने र बाल कक्ष थप गर्ने कार्यक्रम समावेश हुनुका साथै यसैगरी इ–पुस्तकालयका लागि आवश्यक सामान व्यवस्थापन भइसकेकामा अब त्यसलाई सञ्चालनमा ल्याउन कर्मचारीलाई तालिमदेखि प्रविधिको व्यवस्थापनसम्मका योजना पुस्तकालयले तय गरेको पुस्तकालयका सचिव मणि अर्यालले बताउनुभयो । 

    पुस्तकालयको कार्यसमितिले गएको एक वर्षमा पुस्तकको सफाइ गर्ने, रेकर्ड व्यवस्थापन गर्ने, पाठकले पुस्तक पढ्न पाउनेगरी वाचनालय सञ्चालनमा ल्याउने, शौचालय, कार्यालय कक्ष, गेट लगायतका संरचना मर्मत सम्भार, रङगरोगन र दराजको व्यवस्थापनका काम गरेको जनाएको छ ।

    गत आर्थिक वर्ष २०८९/८० मा पुस्तकालयले रु ३० लाख २४ हजार बढीको आर्थिक जोहो गरी काम सम्पन्न गरेको जनाइएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा रु ३७ लाख ६६ हजार बढीको बजेट तय गरेको छ । यस वर्षमा पुस्तकालयमा बाल कक्ष निर्माण गर्ने, बरण्डा कभर गर्ने र पुस्तकालयमा सिसिटिभी जडान गर्ने मुख्य योजना रहेको पुस्तकालयका अध्यक्ष यादवले जानकारी दिनुभयो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend