Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्राउ


१७, भदौ २०८०
  • 209
    SHARES
  • दृष्टिविहीन बालिका बलात्कृत, कार्यालय सहयोगी पक्राउ

    भालुवाङ । दाङ—देउखुरीको लालमटिया स्थित आदर्श नमुना माध्यामिक  विद्यालय भित्र एक दृष्टिविहीन बालिका बलात्कृत भएकी छिन् । राप्ती गाउँपालिका–२, लालमटियामा रहेको आदर्श नमूना विद्यालयमा अध्ययनरत बर्ष १३ की एक दृष्टिविहीन वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

    बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भालुवाङले सोही  विद्यालयमा कार्यरत कार्यालय सहयोगी तथा स्कूल बसका सह–चालक रामबहादुर खनाल पक्राउ गरेको छ । खनाललाई  आइतबार बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्ज्वलबहादुर सिंहले जानकारी दिनुभयो ।

    खनालले भदौ ४ गते बालिका माथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ । बालिका सोही विद्यालयको दृष्टिविहीन पढ्ने विद्यालयमा पढ्दै आएकी थिइन । विगत पाँच वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आएकी बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    पिडित बालिकाले  ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएपछि आरोपित कार्यालय सहयोगी खनाललाई पक्राउ गरिएको प्रहरी निरक्षिक सिंहले बताउनुभयो । खनाललाई आजै म्याद थपका लागि दाङ—देउखुरी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

    यता यस बिषयमा विद्यालयका प्रधानध्यापक किरण पोख्रेललाई बुझ्दा विद्यालयले यस बिषयमा पिडित र पिडक संग बुझ्ने काम भइरहेको बताउनुभयो । उहाँले घटनाबारे बुझ्न पिडितलाई स्कूलमा बोलाए पनि आउन नमानेको जानकारी दिनुभयो । साथै प्रधानध्यापक पोख्रेलले पिडित बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्ट आएपछि मात्र बिषय स्पष्ट हुने बताउनुभयो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend