Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गाउँमा थारु ‘होमस्टे’ र सङ्ग्रहालय


१८, भदौ २०८०
  • 383
    SHARES
  • गाउँमा थारु ‘होमस्टे’ र सङ्ग्रहालय

    दाङ । थारु सांस्कृति लोप हुँदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवा त्यसलाई जोगाउन सक्रिय भएका हुन् । दाङको दङ्गीशरण गाउँपालिका–४ बैबाङका युवाले मिनी थारु सङ्ग्रहालय तथा ‘होमस्टे’ (घरबास) सञ्चालन गरेका छन् । 

    त्यहाँ थारु समुदायका वेषभूषा, खानेकुरालगायत अन्य सामग्री राखिएका छन् । “थारु संस्कार, संस्कृतिमा थारु समुदाय धनी हो, तर पछिल्लो समय युवाले यो संस्कार र संस्कृति भुल्न थालेको गुनासो बढेको छ”, थारु युवा राजेश चौधरीले भन्नुभयो, “त्यसैले हामीले यसलाई संरक्षण गर्नका लागि होमस्टे र मिनी सङ्ग्रहालय सञ्चालनमा ल्याएका छौं ।” 

    यहाँ थारु समुदायका महिलाले प्रयोग गर्ने गरेका परम्परागत लुगाफाटा, गरगहना, दैनिक प्रयोग गर्ने ढिकी, जातो, कोल, डाली, ढकियाजस्ता वस्तु राखिएको छ । थारु समुदायको अन्य समुदायभन्दा भिन्न संस्कार र संस्कृति थियो । त्यसपछि सक्रिय भएका युवाले चलाएको होमस्टे र मिनी सङ्ग्रहालय हेर्नेको भिड लाग्ने गर्छ । “हेर्नका लागि सहर बजारका मानिस आउने, गफगाफ हुने र अनुभव सुन्ने र सुनाउने अवसर मिल्छ”, चौधरीले भन्नुभयो । 

    नजिकै थारु सङ्ग्रहालय चखौरा र थारु राजा दङ्गीशरणले राज गरेको सुकौरा रहेको छ भने बीचमा युवाले मिनी थारु सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । युवाले यसरी सञ्चालनमा ल्याएका होमस्टेले मठमन्दीर, प्राकृतिक सम्पदा लगायतको अध्ययन अवलोकन गर्न पर्यटक आउने भएकाले पालिकाको पनि आर्थिक समृद्धि हुने गाउँपालिका उपाध्यक्ष पीमाकुमारी खड्काले बताउनुभयो । 

    “होमस्टे, सङ्ग्रहालयले गर्दा अवलोकन गर्नेको सङ्ख्या वृद्धि हुन्छ”, उहाँले भन्नुभयो, “त्यसले गर्दा पालिकाको पनि आम्दानी बढ्छ ।” होमस्टेमा चार कोठामा आरामदायी बिछ्यौनामा पाहुनालाई सुताउने व्यवस्था गरिएको छ । यहाँ थारुको परम्परागत खानेकुरा ढिक्री, माछालगायतका खानेकुरा खुवाइन्छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend