Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति


२२, भदौ २०८०
  • 311
    SHARES
  • चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

    बाँके । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार समुदायका अगुवा बताउँछन् । नेपालगञ्ज–१२ का हौसीलाल चिडिमारले बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाडेको उल्लेख गर्दै थोरै पढेर रोजगारी नपाउने र पढ्न पठाएर जीविका पनि नचल्ने भएकाले उनीहरुलाई काममा लगाउने गरेको बताउनुभयो । 

    सो समुदायकी सुनिता चिडिमार बालबालिकाको सानै उमेरमा विवाह गराइदिने प्रचलन कारण बीचमै विद्यालय छाड्न बाध्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै कुरा हामीले सोचेजस्तो हुँदैन, घरकाले निर्णय गरेपछि हामीले मान्नुपर्छ ।” बागेश्वरी आधारभूत विद्यालय, नेपालगञ्जकी प्रधानाध्यापक सरिता खड्का श्रेष्ठले विद्यालयमा अध्यनरत एक सय ९० विद्यार्थी चिडिमार समुदायका भएको जानकारी दिँदै त्यसमध्ये पनि बीचमा विद्यालय छाडनेको सङ्ख्या बढ्दैै गएको बताउनुभयो । 

    अभिभावकले छोरा र छोरीमा गरेको विभेदका कारण पढाइ छाडेको हुनसक्ने उल्लेख गर्दै उहाँले  छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति रहेको बताउनुभयो । चिडिमार समुदायको ठूलो सङ्ख्या नेपालगञ्ज उपमहानगरपालिका–१२ मा  छ । त्यसबाहेक कोहलपुर नगरपालिकाको वडा नं १४ स्थित हवल्दारपुर, वडा नं १५ को प्रेमपुर, जानकी गाउँपालिकाको वडा नं ३ स्थित करमोहनामा पनि चिडिमार समुदायको बस्ती छ । जिल्लामा पन्ध्र सयको हाराहारीमा जनसङ्ख्या रहेको अनुमान छ । चिडिमार समुदायले चार पुस्तादेखि चरा मारेर जिवीका चलाउँदै आएका थिए तर पछिल्लो समय उनीहरुले अन्य पेसा र व्यवसाय गर्न थालेका छन् । 

    बहेलिया चिडिमार विकास मञ्चका संस्थापक अध्यक्ष विष्णु चिडीमारले आर्थिक अभावले अभिभावकले विद्यालय नियमित गराउन नसकेको उल्लेख गर्दै खेतबारीमा काम गराउन पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिले सबैको जग्गा धेरै हुन्थ्यो, खेतबारीमा काम गर्नुपथ्र्यो त्यसैले बीचमै विद्यालय छोडथे”, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले भन्नुभन्नुभयो । चिडिमार समुदायका बालबालिकाले बीचमा स्कुल छोडने भएकाले उनीहरुलाई आकर्षित गर्न छात्रावृत्तिको व्यवस्था गरेको उहाँले बताउनुभयो । पढाइ छाडेका किशोर तथा किशोरीलाई निःशुल्क तालिम सञ्चालन गरेर आयआर्जनतर्फ डोर्‍याइएको उहाँको भनाइ छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend