Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’


२६, भदौ २०८०
  • 261
    SHARES
  • ‘पर्यटन क्षेत्रको विकासमा पर्यटक प्रहरीको महत्वपूर्ण भूमिका छ’

    काठमाडौँ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

    पर्यटक प्रहरी कार्यालयले सोमबार यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पर्यटन प्रवर्द्धन र पर्यटन उद्योगको विकासमा पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताउनुभएको हो । “सीमित स्रोत र साधनको बीच पर्यटक प्रहरीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि धेरै काम गरेको छ”, उहाँले भन्नुभयो ।

    महानिर्देशक लुइँटेलले पछिल्लो समय पर्यटन विभागले पर्यटक प्रहरीलाई दक्ष बनाउनका लागि विभिन्न भाषाको तालिम प्रदान गर्दै आइरहेको बताउनुभयो । पर्यटक प्रहरी नेपाल प्रहरीको काम गर्ने सक्षम ‘युनिट’ बनेको उहाँको भनाइ थियो ।

    पर्यटक प्रहरी कार्यालयबाट सरुवा भएर जान लाग्नुभएका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले झण्डै पाँच दशक इतिहास बोकेको पर्यटक प्रहरी जुन हिसाबले अगाडि बढ्नुपर्ने हो त्यो हुन नसेकेको बताउनुभयो । उहाँले पर्यटक प्रहरीलाई नयाँ बन्दै गरेको पर्यटन ऐनमा समावेश गर्नका लागि मन्त्रालयलाई आवश्यक राय सुझाव दिइसकिएको बताउनुभयो ।

    पर्यटक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले पर्यटकको सङ्कटको साथी पर्यटक प्रहरी बन्ने बताउनुभयो । उहाँले पर्यटकलाई नेपाल भ्रमणका क्रममा देखिएका समस्या समाधान गर्न पर्यटक प्रहरी सधैँ तत्पर रहेको बताउनुभयो ।

    पैतालीस वर्ष पहिले स्थापना भएको पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १५ जिल्लामा २९ वटा इकाइमार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । पर्यटक प्रहरी हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागमार्फत सञ्चालन हुँदै आएको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend