Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शुल्क वृद्धि गरे आन्दोलन गर्ने चेतावनी


२९, भदौ २०८०
  • 222
    SHARES
  • शुल्क वृद्धि गरे आन्दोलन गर्ने चेतावनी

    काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै तीन विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेविसंघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियन नेपालले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुसंग यसअघि भएको सहमति बिपरित इन्जिनियरिङ अध्ययन संस्थानले एकलौटी शुल्क वृद्धि गर्न लागेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

    यसअघि करिव ३ लाख रहेको शुल्कलाई बृद्धि गरि ७ लाख ७५ हजार पुराएपछि यसअघि आन्दोलित बिद्यार्थीहरु र प्रशासनबीच तत्काल शुल्क बृद्धि नगर्ने सहमति भएाके थियो । तर शुल्क समायोजन गर्न गठित ११ सदस्यीय समितिले पुन ५ लाख भन्दा बढि शुल्क लिन सिफारिस गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

    पत्रकार सम्मेलनमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानका कारण ६२/६३ मा पनि नरोकिएको इन्जिनियरिङको परिक्षा रोकिएको आरोप लगाउनुभयो । उहाँले परिक्षालाई सहज रुपमा अघि बढाउन यसअघि बिद्यार्थीहरुले संस्थानसंग सहमति गरेपनि सम्झौताको मसि सुक्न नपाउदै इन्जिनियरिङ अध्ययन संस्थानले पुन शुल्क बृद्धि गर्न खोजेको अरोप लगाउनुभयो ।

    त्यस्तै अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले अहिले ५ लाख ५४ हजार शुल्क तोक्ने तयारी भइरहेको भन्दै विद्यार्थीहरुलाई स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले संस्थानको सुधारका लागि आफुहरु प्रतिवद्ध रहेपनि विद्यार्थीहरुलाई मर्कामा पार्ने गरि गर्न लागिएको शुल्कबृद्धि कार्यान्वयन नगर्न सुझाव दिनुभयो ।

    संस्थानलाई घाटाको त्रास देखाएर राज्यलाई अर्बौं घाटा हुने गरी प्रवेश परीक्षा धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनीहरुले बिद्यार्थी र संस्थानको भविष्यमाथि गम्भीर हुन पनि ध्यानाकर्षण गराएका छन् । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend