Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बालदिवसको अवसरमा पोशाक र कापी हस्तान्तरण


२९, भदौ २०८०
  • 221
    SHARES
  • बालदिवसको अवसरमा पोशाक र कापी हस्तान्तरण

    बुटवल । बुटवलका प्रमुख र उपप्रमुखले बालबालिकालाई पोशाक र कापी हस्तान्तरण गरेर राष्ट्रिय बाल दिवस मनाउनुभएको छ । शुक्रबार राष्ट्रिय बाल दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले बुटवल ५ मा रहेको बाल विद्या मन्दिरका ३२ जना बालबालिकालाई पोशाक, पोशाक सिलाउने रकम, कापी, पेन्सिल र खाजा दिनुभएको हो ।

    पोशाक हस्तान्तरण गर्दै नगर प्रमुख पाण्डेयले घरबाट बालबालिकालाई उचित शिक्षा र उपयुक्त वातावरण प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले घर नै बालबालिकाको पहिलो सिकाइ गर्ने थलो भएकोले घरमै उचित वातावरण दिइएन भने बालबालिकाको भविष्य राम्रो नहुने बताउनुभयो । 

    प्रमुख पाण्डेयले केही आर्थिक स्थिति कमजोर भएका अभिभावकले आफ्ना छोराछोरीलाई माग्न पठाउने र त्यो रकमबाट मदिरा सेवन गर्ने गरेको पनि पाइएको जनाउदै घरमा यस्तो सिकाइ भयो भने बालबालिकाको भविष्य कसरी राम्रो हुन्छ, यसतर्फ सचेत हुन आग्रह गर्नुभयो । 

    कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बालबालिकाको भविष्यबारे अभिभावकले पहिलो चासो दिनुपर्ने र त्यसपछि समाजमा उपयुक्त वातावरण दिनुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा बाल संगठनका साजन भण्डारी, बुटवल उपमहानगरपालिकाका निर्देशक तुलसा अर्याल लगायतले बोल्नुभएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend