संखुवासभा । खाँदबारी नगरपालिका–१ घिमिरे गाउँमा एक युवकले प्रेमिकाको हत्या गरी आफैँले आफैलाई खुकुरी प्रहार गरी आत्महत्याको प्रयास गरेका छन् ।
सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले शुक्रबार बिहान सोही गाउँ घर भई खाँदबारी–१ बस्ने २१ वर्षीया युना दर्नालको हत्या गरेका गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनले खुकुरी प्रहार गरी प्रेमिकाको हत्या गरेको र आफ्नो पनि छातीमा खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनको जिल्ला अस्पाता लखाँदबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हत्याका बारे कुनै कारण नखुलेको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।