काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षकहरूसँग आज हुने वार्ताले समाधान निकाल्ने विश्वास व्यक्त गर्नुभएको छ । शुक्रबार बिहान कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग गरेको आन्तरिक छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको हो ।
‘हामीले शिक्षकहरूका सबै मागका विषयमा छलफल गरेर अन्तिम टुङगो लगाउँछौं । आजको वार्तामा सहमति जुट्छ ।’ मन्त्रीहरूको आन्तरिक छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेका छन् ।