Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षा सम्बन्धी विधेयक संसदबाट सच्चाउने महामन्त्री थापाको प्रतिवद्धता


५, असोज २०८०
  • 137
    SHARES
  • शिक्षा सम्बन्धी विधेयक संसदबाट सच्चाउने महामन्त्री थापाको प्रतिवद्धता

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाउनुभएको छ । काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाउनुभएको हो ।

    उहाँले संसदलाई विश्वास गरेर शिक्षकहरुले आफ्नो आन्दोलन स्थगीत गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गर्नुभयो । थापाले शिक्षकहरुको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको विधेयक कम्तीमा पनि २० बर्षका लागि हुने भएकाले हतार नगरि संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभयो । 

    थापाले अहिलेको अवस्थामा देशभरका बिद्यालयमा विद्यार्थीहरुलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभयो । श्री नंदी माध्यामिक विद्यालयमा डेल्टिन नेपाल प्रालिले कम्प्युटर ल्याव स्थापना गरेको हो । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend