रुपन्देही । होटेल व्यवसायीहरुको हकहितको लागि बुटवलमा भएको भेलाले क्लब डेनोभोका सञ्चालक प्रविणबहादुर पाठकको अध्यक्षतामा नौ सदस्यीय एशोसिएसन अफ रुपन्देही नेपाल तदर्थ समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा दिलीप गौचन, महासचिवमा विकास पाण्डे, कोषाध्यक्षमा पदम केसी, सहकोषाध्यक्ष प्रनिदा दीक्षित तथा सदस्यहरुमा प्रविण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहनुभएको छ ।
एशोसिएसनमा रुपन्देहीका बुटवल,तिलोत्तमा,सिद्धार्थनगर,देवदह,सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र पाँचतारे सहित करिब ५० वटा होटेल आवद्ध रहेका छन् ।
आर्थिक मन्दीको मारमा परेका होटल व्यवसायलाई चलायमान र मर्यादित बनाउदैँ पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले व्यवसायिक एकता र सहकार्यको लागि होटल एशोसिएसन अफ रुपन्देही नेपाल स्थापना गरिएको अध्यक्ष पाठकले बताउनुभयो । होटेल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन आफुहरु लाग्ने समेत उहाँले जानकारी दिनुभयो ।
पाठकले भन्नुभयो अर्बौं लगानी भएको व्यवसायले ‘उद्योगको मान्यता नपाउँदा सरकारबाट सहुलियत र राहत समेत पाउन सकेको छैन। सरकारले मुलुकको समृद्धिको आधार पर्यटन भन्ने तर उद्योगको मान्यता दिन नसक्नु दुखद कुरा हो ।