Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु


९, असोज २०८०
  • 221
    SHARES
  • कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

    भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो । 
     
    कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको हो । बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले बिहान ११ बजेदेखि सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुने जानकारी दिनुभयो ।
     
    आज पहिलो दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आपूmले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी तथा अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । 
     
    त्यस्तै दोस्रो दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आपूmले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने उहाँले जानकारी दिनुभयो । देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एकै साथ सुुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् ।

    त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड (एनजी) हुन्छन् । परीक्षा देशभरका परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिनुभयो ।

  • त्रिविमा परीक्षा सकिएको एक महिनाभित्र नतिजा निकाल्न शिक्षामन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षा सम्पन्न भएको एक महिनाभित्रै

  • राजर्षिजनक विश्वविद्यालयको ५१ करोडको बजेट : नयाँ कार्यक्रमदेखि ‘पूर्ण डिजिटलाइजेशन’सम्म प्राथमिकता

    जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड १७ लाख २

  • अध्ययन बिदापछि सेवामा नफर्किएका त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर विश्वविद्यालयको नियमअनुसार सेवामा नफर्किएका तथा फर्किएर तोकिएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend