Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षकहरुद्धारा आज पनि विरोध प्रदर्शन


१०, असोज २०८०
  • 308
    SHARES
  • शिक्षकहरुद्धारा आज पनि विरोध प्रदर्शन

    काठमाडौँ । सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरु सुनुवाइ नभएको भन्दै राहत शिक्षकहरुले निरन्तर आन्दोलन गरेका छन् ।

    सरकारले शिक्षक महासंघसँग गरेको सहमतिमा आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै राहत शिक्षकहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको हुन् ।

    नेपाल बाल विकास शिक्षक केन्द्रीय समिति, पेन्सन बञ्चित शिक्षक केन्द्रीय संघर्ष समिति, हिस्टुन र सामुदायिक विद्यालय कर्मचारी संघ संयुक्त रुपमा आन्दोलन गर्दै आफ्ना मागका बारेमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । बुधबार काठमाडौंको बिजुलीबजारको सडकबीच मै धर्नामा बसेका राहत शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोज्दा केहिबेर प्रहरीसंग घम्साघम्सी समेत भएको थियो । आफुहरुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने उनीहरुले जनाएका छन् ।

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend