Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षा विधेयकबारे कांग्रेसको प्रस्ताव,गुनासोलाई संशोधनमार्फत अघि बढाउने


१०, असोज २०८०
  • 160
    SHARES
  • शिक्षा विधेयकबारे कांग्रेसको प्रस्ताव,गुनासोलाई संशोधनमार्फत अघि बढाउने

    काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले विद्यालय शिक्षासम्बन्धी विधेयकका सन्दर्भमा सरोकारवालाको गुनासोलाई संशोधन प्रस्तावमार्फत अघि बढाउने भएको छ । 

    मंगलबार र बुधबार संसद भवन नयाँ बानेश्वरमा विद्यालय शिक्षासम्बन्धी विधेयकका बारेमा सरोकारवालासँग छलफल गर्दै कांग्रेसले विधेयकलाई आवश्यकता अनुसार परिमार्जन गर्न पहलकदमी लिने जनाएको हो । शैक्षिक पेशलाई मर्यादित, सुरक्षित र शिक्षकहरुको हक अधिकारलाई कानूनमार्फत प्रत्याभूत गर्न गम्भीर हुनुपर्ने छलफल कांग्रेस सांसद अर्जुन नरसिंह केसीले बताउनुभयो ।

    उहाँले कानून बनाउँदा सरोकारवालाहरुसँग बृहत छलफल गर्नुपर्ने र प्राप्त सुझावका आधारमा अन्तिम रुप दिन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले शैक्षिक समस्याप्रति गम्भीर भएर कांग्रेसले सरोकारवाला लगाएत बिज्ञहरुसँग छलफल गरेको भन्दै प्राप्त सुझावहरु प्रति कांग्रेसको ध्यानाकर्षण भएको धारणा राख्नुभयो । 

    छलफल पछि कांग्रेस उपसभापति समेत रहनुभएका कानूनमन्त्री धनराज गुरुङले संक्रमणकालीन न्याय, शिक्षा लगाएत धेरै विधेयकहरु छलफलका क्रममा रहेको भन्दै महत्वपूर्ण विधेयकहरुलाई टुङ्गो लगाएर मात्रै अधिवेशन अन्त्य गर्न चाहेको बताउनुभयो । 

    त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले छलफलमा आएका बिचारहरुमाथि छलफल गरेर विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने जिकिर गर्नुभयो । उहाँले शिक्षकहरुको माग सम्बोधनका लागि संविधान संशोधन गर्न आवश्यक नरहेने बताउनुभयो । लेखकले लामो समयदेखि संसद अवरोध हुँदा महत्वपूर्ण विधेयकहरु अघि बढ्न नसकेको र सानो सानो कुरामा संसद अवरुद्ध हुनु संसदीय अभ्यासको खराव कुरा रहेको धारणा राख्नुभयो । 

    विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो । तर आफुहरुको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकहरु भने अहिले पनि आन्दोलनमै छन् । विधेयकमाथि शिक्षकहरुको आपत्ती रहेपछि कांग्रेसले सरोकारवालासंग छलफल गरेको हो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend