Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए


१४, असोज २०८०
  • 135
    SHARES
  • पोखरामा दुई सय ९२ जना पथप्रदर्शक थपिए

    गण्डकी । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम) को प्राविधिक सहकार्यमा गरिएको छहप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना  पथप्रदर्शक थपिएका छन् ।

    पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको तालिममा आवश्यक मापदण्ड पूरा गरी अन्तवार्तामार्फत छनोट भएका दुई सय ९८ जना सहभागी भएकामा परीक्षा उत्तीर्ण गरी दुई सय ९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुुभयो ।

    सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुुभयो । देशको राजनीतिक उथलपुुथल, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पदयात्रा पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा गरिएको तालिम र थपिएका पदयात्रा पथप्रदर्शकबाट पोखरालाई आधार बनाएर गरिने पदयात्रासँगै समग्र नेपालको पदयात्रामा महत्त्वपूर्ण सहयोग पुुने विश्वास लिइएको उहाँले बताउनुुभयो ।

    पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend