पाल्पा । मिलेनियम सेकेन्डरी स्कुल, तानसेन पाल्पाले गुणस्तरीय शिक्षामा जोड दिदै कक्षा थप गर्ने निर्णय गरेको छ । स्कुलको बाईसौं बार्षिक साधारण सभाको अवसरमा अध्यक्ष जीवन बहादुर थापा क्षेत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बिद्यालयको अल्पकालिन र दीर्घकालीन योजना वनाई गुणस्तरीय शिक्षामा जोड दिदै आएको बताए । उनले हाल स्कुल तर्फ आधारभुत तह देखि ७ सम्म सन्चालन भएकोमा यो शैक्षिक सत्रबाट कक्षा ८ सन्चालनमा ल्याएकोमा क्रमश कक्षा १० सम्म संचालन गर्दै लैजाने र मिलेनियम बहुमुखी क्याम्पस तर्फ बीबी एस पनि पुनःसंचालनमा ल्याउने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सांसद वीरवहादुर रानाले बिद्यालय , कलेजले बिद्यार्थी खोज्ने भन्दा पनि बिद्यार्थी आफै बिद्यालय , क्याम्पस खोज्दै आउने वातावरण बनाउनु पर्ने सुझाव दिए । कार्यक्रमका सहभागी बक्ताहरूले संस्था यहाँसम्म आईपुग्नु जिल्लामा समेत शैक्षिक सफलता कायम राख्न सक्नुमा शिक्षक, बिद्यार्थी , संचालकको महत्त्वपूर्ण भूमिका रहेको बताए। उनीहरूले समयको माग संगै आवश्यक भौतिक तथा शैक्षिक पुर्वाधार थपेर गुणस्तरीय शिक्षामा जोड दिन सुझाव दिए ।
त्यस्तै यस अवसरमा तानसेन नगर प्रमुख एवम पुर्व अध्यक्ष सन्तोष लाल श्रेष्ठ , केशव राज न्यौपाने, शेयर सदस्य दामोदर खनाल, कोषाध्यक्ष अजय कर्माचार्य , प्रिन्सिपल नवीन प्रसाद श्रेष्ठ, सस्थाका सचिव बिष्णु ज्ञवाली, सचालक युवराज पौडेल लगायतले बोल्दै विद्यालयको सुचक राम्रो रहेपनि बिद्यालयको शैक्षिक गुणस्तर कायम राख्न सवैले आ-आफ्नो क्षेत्रबाट जोड दिनुपर्ने सुझाव दिए ।
यस अवसरमा संस्थाको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा शिक्षिका उषा रावल, बिद्यार्थी ईन्दिरा पाण्डे लगायतलाई सम्मान गरिएको थियो ।