Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो  संस्कृति


२७, असोज २०८०
  • 229
    SHARES
  • पर्यटक आकर्षित गर्ने माध्यम बन्यो  संस्कृति

    म्याग्दी । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् । 

    मुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५  ठिनीस्थित थकाली सामुदायिक होमस्टे (घरबास) का सञ्चालक जुमा थकालीले बताउनुभयो । 

    “पृथक भूगोल, मुक्तिनाथ, दामोदरकुण्ड, कागबेनी जस्ता धार्मिक स्थल र ऐतिहाँसिक दरबार मात्र नभएर बस्तीअनुुसार फरक फरक संस्कृतिको पनि अवलोकन गर्न पाइन्छ”, उहाँले भन्नुभयो, “भदौरे, कुमार जात्रा, लामा नाच, थार्तुङ, तिजी र फागुपूर्णिमाका अवसरमा देखाइने मौलिक गीत तथा नृत्यले पर्यटक आकर्षित गर्न तथा बसाई लम्बाउन सहयोग मिलेको छ ।”

    ठिनी नजिकै रहेको घरपझोङ गाउँपालिका–५ हुसरकाङ डाँडास्थित कुछप तेरङ्गा गुम्बामा शुक्रबार सकिएको लामा नाच (धेक्याप) अवलोकन गर्न स्थानीयवासीका साथै स्वदेशी र विदेशी पर्यटकको बाक्लो उपस्थिति थियो । कुुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुलबहादुर थकालीले लामा नाच अवलोकन गर्न स्थानीयवासीकै हाराहारीमा स्वदेशी, विदेशी पर्यटक र तीर्थयात्री आएका बताउनुभयो । 

    “पहिले पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुुन्थे”, उहाँले भन्नुुभयो, “केही वर्षयता परम्परागत नाच प्रदर्शनी अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ ।”

    सडक यातायातको सुविधा, प्रचारप्रसार आदी कारण परम्परागत सांस्कृतिक मेला पर्वमा पर्यटकको सहभागिता बढेको थकालीको भनाइ छ । मुस्ताङको प्रमुख गुम्बामा वर्षमा एक पटक लामा नाच हुने गर्छ । कुछप तेरङ्गा गुम्बामा लामा नाच प्रदर्शनीका लागि यही असोज २३ गतेदेखि पूजाआजा सुरु भएको थियो । 

    लामाहरुले उवाको पिठो, घ्यूलगायत सामग्रीको प्रयोग गरेर बनाएको पूजा सामग्रीलाई धार्मिक विधिअनुसार गुम्बामा भित्र्याएर सुरु भएको उक्त नाचको विधि ती सामग्री सेलाएपछि सकिएको गुम्बाका लामा सुवास थकालीले बताउनुभयो । 

    “पद्यसम्भको पाला आठौँ शताब्दीदेखि लामा नाच देखाउने चलन छ । देवताका विभिन्नरुपलाई लामा नाचमा प्रस्तुुत गरिन्छ”, उहाँले भन्नुुभयो “लामा नाच अवलोकन गरेमा पुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जीवनमा सफलता मिल्छ । तेह्र सय वर्षदेखिको लामा नाचलाई बचाएर राखेका छौँ ।” 

    सो अवसरमा बौद्ध धर्मगुरु पद्यसम्भको जीवनसँग सम्बन्धित सन्देशमूलक १३ प्रकारका नाच प्रदर्शन गरिएको थियो । हसन, टोपी बज्राचार्य, हयग्रीब, गुरु पद्यम सम्भव, क्रोधी गुरु र सिंहमुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुष्ट राजा र एक डाकु शिर्षकको नाच प्रदर्शन गरिएको हो । 

    लामा नाच अवलोकन गर्न आएका भारतको तामिलनाडुका रञ्जित झाले मुस्ताङ भ्रमणका क्रममा प्रकृति र धार्मिकसँगै फरक संस्कृतिको बारेमा जानकारी लिन पाएकामा खुसी व्यक्त गर्नुभयो । अमेरिकी पर्यटक रेमिनले धेरै वर्ष पुरानो संस्कृति अझै जीवित देख्दा दङ्ग परेको बताउनुभयो । 

    यसपालिको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीवासीले आर्थिक सहयोग गरेका थिए । प्रवासीको सहयोगमा ठिनीदेखि गुुम्बासम्म निःशुल्क बस, भक्तजनलाई भोजन र खाजाको व्यवस्थापन गरिएको थियो । बौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ । ठिनीमा हाल २२ जनाभन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामा नृत्यका लागि गुम्बामा आएका छन् । कुछप तेरङ्गा गुम्बाको धार्मिक र पर्यटकीय सम्भावना छ । 

    पर्यटकीय गन्तव्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङलगायतका भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend