Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, तोकियो प्राध्यापक र शिक्षकको मर्यादाक्रम


१५, कात्तिक २०८०
  • 303
    SHARES
  • राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित, तोकियो प्राध्यापक र शिक्षकको मर्यादाक्रम

    काठमाडौँ । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको मङ्गलवार बसेको दोस्रो बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०८० पारित गरेको हो । 

    राष्ट्रिय सभाबाट पारित भएको उक्त विधेयक अब प्रतिनिधि सभामा जानेछ । विधेयकमा मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरूप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।

    राष्ट्रिय सभाबाट पारित विधेयकमा तोकिएको मर्यादा क्रम अनुसार राष्ट्रपतिको मर्यादा पहिलो नम्बरमा रहेको छ । यसैगरी दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाचौंमा प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष, छैटौँमा पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रिपरिषद्को पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश रहेका छन् ।

    उपप्रधानमन्त्री र प्रदेश प्रमुखलाई मर्यादा क्रमको आठौँ नम्बरमा राखिएको छ भने प्रदेश सरकारको मन्त्रीलाई बाह्रौँ नम्बरमा राखिएको छ । सत्रौँ नम्बरमा महानगरपालिका प्रमुख, विश्वविद्यालयका प्राध्यापक, अठारौँ नम्बरमा नगरपालिकाका प्रमुख र उन्नाइसौँ नम्बरमा गाउँपालिकाका अध्यक्ष, माध्यमिक तहको प्रथम श्रेणीका शिक्षक रहेका छन् ।

     

     

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend