Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘साझेदारीबाटै आन्तरिक पर्यटन बढाउन सकिन्छ’


१८, कात्तिक २०८०
  • 417
    SHARES
  • ‘साझेदारीबाटै आन्तरिक पर्यटन बढाउन सकिन्छ’
    सुनसरी ।  ‘जाउँ है पोखरा’ अभियानका साथ होटेल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा पूर्वी नेपालका सहरमा पोखराको प्रवर्द्धन गर्न बिहीबारदेखि निस्किएको टोली विराटनगर आइपुगेको छ ।
     
    आन्तरिक पर्यटनको प्रवर्द्धनको लक्ष्यका साथ २० वर्ष अघि होटेल सङ्घ पोखराले पूर्वी नेपालको इलामबाट ‘जाउँ है पोखरा’ अभियान सुरु गरेकोमा त्यसयता प्रत्येक वर्ष नेपालका विभिन्न सहरमा यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।
     
    पाँच दिने कार्यक्रममा पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा जनप्रतिनिधिसहितको टोलीले बर्दिवास, जनकपुर, इटहरीलगायतका स्थानमा यहाँका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तरक्रिया गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।
     
    “सूूर्यादयको स्थल भनेर चिनिने पूर्वी नेपालबाट सुरु भएको यस अभियानलाई पुनः अहिले पूर्वमा नै सञ्चालन गर्न आइपुगेका छौँ”, उहाँले भन्नुुभयो, “यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउने हाम्रो अभियान हो ।”
     
    पूर्वी नेपालका विभिन्न सहरबाट पोखरासम्म सीधा हवाई उडान तथा स्तरीय बस सेवा सञ्चालनका लागि सबैको पहल र सक्रियता आवश्यक रहेको उहाँले बताउनुुभयो । कोभिड प्रभावित पर्यटनको पुनःउत्थान पनि अभियानको लक्ष्य छ । कोरोना महामारी जारी रहेका अवस्थामा २०७८ फागुनमा बुटवल, हेटौँडा, वीरगञ्ज, र चितवनमा पनि ‘जाउँ है पोखरा’ अभियान सञ्चालन भएको सुवेदीले बताउनुभयो । 
     
    इटहरीमा आयोजित कार्यक्रममा जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ इटहरी सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएको बताउनुुभयो ।
     
    आन्तरिक पर्यटनमा पर्यटकीय सहरबीच एकापसमा समन्वय एवं साझेदारी आवश्यक हुने बताउँदै उहाँले आफूूहरू पोखरासँग पर्यटकीय साझेदारी बढाउन तयार रहेको बताउनुुभयो । 
     
    पूर्वी नेपालका इलाम, पाथीभरा, वसन्तपुरलगायतका धेरै गन्तव्यमा पर्यटकीय गतिविधि बढ्दा त्यसले इटहरीलगायत सहरमा पर्यटन बढ्ने उहाँको भनाइ छ । भाइचारा र व्यावसायिक एकताबाट आन्तरिक पर्यटनलाई चलायमान बनाउन सकिने बताउँदै उहाँले यस्ता कार्यक्रमले एक आसपासमा फाइदा पुर्‍याउने विश्वास व्यक्त गर्नुुभयो ।
     
    राज्यले पर्यटन व्यवसायलाई उद्योगसरह सहुलियत दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यले हेर्ने नजर अझै पर्यटनमैत्री बन्न नसकेको अनुुभुति गरिएको धारणा राख्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले विभिन्न कारणले बोर्डका निर्णयमा हुने गरेका ढिलासुस्तीलगायतका कारणले बोर्डको प्रभावकारितामा प्रश्न उठे पनि निराश हुनुपर्ने अवस्था नरहेको तर्क गर्नुभयो । 
     
    बोर्डले व्यवसायीको हितमा नै हुने गरी बजेट विनियोजन गरेको बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयनमा लागिने उल्लेख गर्नुुभयो । पोखराको पर्यटन प्रवर्द्धनका लागि यस आर्थिक वर्षमा रु साढे पाँच करोड विनियोजन गरिएको बताउँदै उहाँले यस वर्ष भारत, बङ्गलादेश र चीनमा प्रवर्द्धनलाई जोड दिइएको जानकारी दिनुभयो । 
     
    होटेल तथा लज व्यवस्थापन समिति इटहरीका अध्यक्ष उमेश दहालले आफूहरू पोखरासँगको पर्यटकीय साझेदारी बढाउन इच्छुक रहेको धारणा राख्नुुभयो । विभिन्न स्थानमा गरिएका छलफल एवं अन्तरक्रियामा पोखराको पर्यटकीय गतिविधि समेटिएका भिडियोलगायतका सामग्री प्रदर्शन गरिएको थियो । 
     
    उक्त क्रममा आन्तरिक पर्यटन प्रवर्द्धनकै लागि सङ्घले फेवा नव वर्ष महोत्सव, भाइटीका महोत्सव, खाना महोत्सव सञ्चालन गर्दै आइएको र आगामी मङ्सिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रस कन्ट्री रेस गर्न लागिएको जानकारी गराइयो । बाह्य पर्यटन प्रवर्द्धनका लागि सङ्घले भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान सञ्चालन गर्नुका साथै अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टमा सहगागिता जनाउँदै आएको सुवेदीको भनाइ छ । 
     
    पोखरामा बञ्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठमन्दिरमा सन्ध्याकालीन आरती, केबुलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङलगायतका पर्यटकीय गतिविधि सञ्चालन भइरहेको जानकारी गराउँदै उहाँले नेचर, कल्चर र एडभेन्चर सबै दृष्टिबाट पोखरा पुुग्नैपर्ने गन्तव्य भएको बताउनुभयो ।
     
    प्रवर्द्धन टोली धनकुटासम्म पुगी यही कात्तिक २० गते पोखरा फर्कने कार्यक्रम रहेको सङ्घका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल (रमेश)ले जानकारी दिनुुभयो । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend