Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्नपूर्णको फेरोमा बढे पर्यटक


२१, कात्तिक २०८०
  • 308
    SHARES
  • अन्नपूर्णको फेरोमा बढे पर्यटक

    गण्डकी । गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् ।

    अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा अहिले बढेको आयोजनाका प्रमुख डा. रबिन कडरियाले बताउनुभयो । “कोभिड–१९को महामारीताका सुस्ताएको यहाँको पर्यटनले बिस्तारै पुरानै लय पछ्याउँदै छ”, उहाँले भन्नुभयो, “दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ ।”

    अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको प्रमुख डा. कडरियाले बताउनुभयो ।

    अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको उहाँले उल्लेख गर्नुभयो । “आन्तरिक पर्यटकको सङ्ख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको सङ्ख्या उल्लेख्य छ”, प्रमुख डा. कडरियाले भन्नुभयो, “नेपालीहरु घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेषगरी युवाहरुमा घुम्ने क्रेज बढ्दो छ ।”

    उहाँका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन् । कात्तिक महिना लागेपछि १९ गते भित्रमा मात्र १८ हजार दुई सय ९५ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो छ महिनामा सबैभन्दा बढी वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । गत महिना २८ हजार सात सय पाँच विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए ।

    सबैभन्दा कम साउनमा जम्मा पाँच हजार चार सय एक पर्यटक सो क्षेत्रमा पुगेका थिए । सात हजार छ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । तीन वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो ।

    हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुग्नाले यस क्षेत्रको महत्व थप चुलिएको छ । त्यस बखत उहाँले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भुत रहेको बताउनुभएको थियो ।

    अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा राखेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिकरूपले सुन्दर, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताउनुभयो ।

    “कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “आकर्षक गन्तव्यस्थलहरु, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ ।”

    मुख्य पर्यटकीय याम (असोज–कात्तिक)र (चैत–वैशाख) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको पथप्रदर्शक गुरुङले बताउनुभयो । रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि अन्नपूर्ण क्षेत्र उत्कृष्ट रहेको दसैँलगत्तै मर्दी आधार शिविर पुगेर फर्कुनुभएकी पोखरा महानगरपालिका–२९ की आरजु खत्रीले उल्लेख गर्नुभयो ।

    “कास्कीको काँडे, अष्ट्रेलियन क्याम्प, देउराली, हाई क्याम्प हुँदै आधार शिविर पुगेर तेस्रो दिनमा घर फर्कियौँ”, उहाँले भन्नुभयो, “हिमपातपछि खुलेको मौसममा यात्रा निकै रमाइलो भयो, हिमालको छेउमै पुग्दाको क्षण वर्णन गर्न नसकिने खालको थियो ।”

    सूचना प्रविधि विषयमा अध्ययनरत उहाँले दसैँको बिदा छोपेर साथीसँग पदयात्रामा निस्केको बताउनुभयो । खत्रीले मर्दी आधार शिविर पुग्दा पर्यटकको बाक्लो चहलपहल देखेको सुनाउनुभयो । “मर्दीमा धेरै आन्तरिक पर्यटक नै थिए, विशेषगरी युवाहरु बढी देखिन्थे”, उहाँले भन्नुभयो ।

    जोमसोमस्थित ‘एक्याप’को इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले गत साउनदेखि असोजसम्ममा १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेकामासार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरका मुलुकका दुई हजार दुई सय ३० पर्यटक रहेको उहाँले बताउनुभयो ।

    “मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीय नागरिकको सङ्ख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शनका लागि भ्रमणका लागि आउँछन्”, प्रमुख रेग्मीले भन्नुभयो, “दसैँपछि मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल पनि ह्वात्तै बढेको छ ।”

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend