रोल्पा।रोल्पाको परिवर्तन गाउँपालिकाले अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई हटाउने भएको छ।आधारभूत तथा माध्यमिक विद्यालयमा अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुले पठनपाठन गराउदै आएकाले अब देखि अध्यापन अनुमति पत्र भएका शिक्षकलाई मात्र पठनपाठन गराउने निर्णय भएको हो।
जिल्ला प्रशासन कार्यालय रोल्पाको चलानी नम्बर ७८० मिति २०८० असोज ३० गतेको प्राप्त पत्रानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,बुटवल सम्पर्क कार्यालय नेपालगन्जको चलानी नम्बर ५८०५ मिति २०८० साउन २६ गतेको पत्रसाथ प्राप्त उजुरी सम्बन्धमा छानबिन हुँदा यस गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा संघीय अनुदान र गाउँपालिका अनुदान शिक्षक पदमा शिक्षा नियमावली विपरीत अध्यापन अनुमति बिना नियुक्ति गरिएका शिक्षकहरूलाई तत्काल हटाइ शिक्षा नियमावली बमोजिमका शिक्षक नियुक्ति गर्न सूचनामा भनिएको छ।
साथै आदेशात्मक निर्देशन भएकाले परिवर्तन गाउँपालिकाको मिति २०८० कार्तिक १९ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार मिति २०८० मङ्सिर १ गतेदेखि लागु हुने गरि अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई हटाउने निर्णय भएको परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय प्रेम जि।एम।द्वारा हस्ताक्षर गरि जारी गरिएको सूचनामा उल्लेख गरिएको छ।
त्यस्तै उक्त निर्णय बमोजिमू अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई सोही मितिदेखि विद्यालयमा हाजिर नगराई नयाँ विज्ञापन अनुमति प्रक्रियालाई अगाडि बढाउनु हुन सबैमा अनुरोध गरिन्छूपरिवर्तन गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ।परिवर्तन गाउँपालिकामा आधारभूत र माध्यमिक विद्यालय गरी जम्मा सामुदायिक विद्यालयको संख्या ४३ वटा रहेको छ।