Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’


१७, मंसिर २०८०
  • 263
    SHARES
  • ‘शैक्षिक भ्रमणको प्रमुख गन्तव्य गोरखा दरबार सङ्ग्रहालय’

    गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको गोरखा दरबार सङ्ग्रहालय पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यको बन्न थालेको छ । शैक्षिक भ्रमणको याम सुरु भएसँगै सङ्ग्रहालयमा गोरखाको इतिहास अध्ययन गर्न आउने विद्यार्थीको अत्यधिक चाप बढ्नुले गोरखा सङ्ग्रहालय शैक्षिक भ्रमणको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पाइएको हो ।

    विभिन्न जिल्लाबाट दैनिक सयौँका सङ्ख्यामा सङ्ग्रहालय घुम्न र अध्ययनका लागि विद्यार्थी शैक्षिक भ्रमणमा आउन गरेको सङ्ग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो । ‘‘गएको चार महिनाको अवधिमा मात्र करिब ३० हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन्, पछिल्लो समय सङ्ग्रहालय घुम्न आउनेहरूमा अधिकांश शैक्षिक भ्रमणमा आउने विद्यार्थी छन्”, उहाँले भन्नुभयो ।

    गएको कात्तिक महिनामा मात्र १४ हजार तीन सय ८० जनाले सङ्ग्रहालय अवलोकन गरेको उहाँले बताउनुभयो । त्यस्तै गएको साउनमा छ हजार दुई ४९, भदौमा चार हजार आठ सय ४९, असोजमा पाँच हजार तीन सय नौजनाले सङ्ग्रहालयको अवलोकन गरेको कार्यालयको तथ्याङ्क छ । मङ्सिरमा २० हजारभन्दा बढीले सङ्ग्रहालय अवलोकन गर्ने अनुमान गरिएको प्रमुख अधिकारीको भनाइ छ ।

    शैक्षिक भ्रमणको सिजन सुरु भएपछि कात्तिकदेखि सङ्ग्रहालय घुम्न आउनेको सङ्ख्या ह्वात्तै वृद्धि भएको उहाँको भनाइ छ । ‘‘शैक्षिक भ्रमणका लागि विद्यार्थीको रोजाइमा मुख्य गोरखा पर्ने गरेको र गोरखा आएपछि एकपटक ऐतिहासिक सङ्ग्रहालयको अवलोकन नगरी फर्कन प्रायः कोही हुँदैन”, उहाँले भन्नुभयो, ‘‘अहिले सङ्ग्रहालयमा आउने विद्यार्थीको चाप अत्यधिक छ ।”

    सङ्ग्रहालयमा तत्कालीन गोरखा राज्यको इतिहाससँगै संस्कृति, परम्परा रीतिरिवाज झल्कने पुरातात्विक महत्वका वस्तुको समेत अवलोकन गर्न पाइन्छ । “सङ्ग्रहालयमा पृथ्वीनारायण शाहसँग सम्बधित ऐतिहासिक वस्तुको अवलोकन गर्नसक्ने व्यवस्था मिलाइएको छ, गोरखा राज्य र पृथ्वीनारायण शाहको इतिहास अध्ययनका लागि धेरैजसो विद्यार्थी गोरखा सङ्ग्रहालयको अवलोकन गर्न आइपुग्छन्”, प्रमुख अधिकारीले भन्नुभयो ।

    नेपाल एकीकरणको थालनी भएको तत्कालीन गोरखा राज्यको इतिहास बुझ्ने उद्देश्यले गोरखा सङ्ग्रहालयको भ्रमणमा विद्यार्थी आउने गरेको उहाँको भनाइ छ । “अधिकांश जिल्लाका विद्यालयबाट शैक्षिक भ्रमणका लागि विद्यार्थी लिएर गोरखा सङ्ग्राहलय आउने गरिएको पाइन्छ”, प्रमुख अधिकारीले भन्नुभयो, “यसले पनि सङ्ग्रहालय शैक्षिक भ्रमणको मुख्य रोजाइमा पर्ने गरेको बुझ्न सकिन्छ ।”

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend