Logo

Nov 02 2026 | २०८३, कात्तिक १७गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी


१८, मंसिर २०८०
  • 138
    SHARES
  • पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

    म्याग्दी । हिमाल, पहाडी भूगोल, सुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ ।

    यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुनु । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुस भएको कास्कीको पोखराका सुमन गिरिले बताउनुभयो । 

    घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुुल, उल्लेरी भएर एकै दिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूूर्ण गाउँपालिकाको पोखरेबगर हुुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगिन्छ । 

    चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

    साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिनुुभयो । उहाँका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

    पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् । घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुुली ठकुुरी पुुनले बताउनुुभयो । 

    “अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ”, होटल व्यवसायीसमेत रहनुुभएका अन्नपूूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुुर पुुनले भन्नुुभयो, “केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ ।” पुुनहिल जानका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० प्रवेश शुल्क तिर्नुुपर्छ । अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष पुुनहिल प्रवेश शुल्क सङ्कलन र पुुनहिलमा चिया पसल सञ्चालन गर्न यस वर्ष रु ६३ लाखमा ठेक्का लगाएको छ । 

    त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ ।

    घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूूलो मानिन्छ । नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइने अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रतिवेदनमा उल्लेख छ । बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले यस क्षेत्र मनमोहक देखिन्छ । 

    घोडेपानीबाट मोहरेडाडा, फुुलबारी, करबाकेली, खोपारालगायत सहायक गन्तव्य जान सकिन्छ । घोडेपानीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्काउने सङ्ग्रहालयल पनि रहेको छ । हिँड्न नसक्ने पर्यटकका लागि घोडाको सुविधा छ । देशका सबैजसो जिल्लाका विद्यालय, कलेज, कार्यालय, बैंक वित्तीय संस्था, आमा समूूह र सहकारी संस्थाबाट घोडेपानी पुुनहिलमा आउँछन् । सभा, सम्मेलन, तालिम, गोष्ठीका लागि पनि घोडेपानी रोजाइमा पर्न थालेको छ । 

    गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले शनिबार घोडेपानीमा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र प्रथम चौमासिकको समीक्षा कार्यक्रम आयोजना गरेको थियो । गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटासहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखलगायत एक सय जनाभन्दा बढी कर्मचारी घोडेपानी पुुग्नुुभएको थियो । 

    पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुुग्जालीले बताउनुुभयो । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उहाँले बताउनुुभयो । 

    मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुुगेको पुुनहिल घोडेपानी अवस्थित अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुुर खड्काले बताउनुुभयो । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूूलो कार्यक्रम भएको पनि उहाँले बताउनुुभयो । पुुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी म्याग्दी, १८ मङ्सिर स् हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । 

    समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुुनु ।

    पुुनहिलको फेदीमा रहेको घोडेपानीका होटलका कोठा र डाइनिङ हलबाटै गुुराँसको जङ्गलको पृष्ठभूूमिमा हिमाल अवलोकन गर्न पाउँदा उमङ्गको महसुुस भएको कास्कीको पोखराका सुुमन गिरिले बताउनुुभयो । घोडेपानीमा बास बसेका पर्यटक एका बिहानै करिब ४० मिनेट उकालो हिँडेर पुुनहिलमा दृष्य अवलोकन गर्न पुुग्छन् । घोडेपानी पुुनहिल अन्नपूर्ण चक्रीय पदमार्गमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीले बताएका छन् ।

    गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुुल, उल्लेरी भएर एकै दिन र घान्द्रुुक भएर दुई दिनमा घोेडेपानी पुुग्न सकिन्छ । म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूूर्ण गाउँपालिकाको पोखरेबगर हुुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुुगिन्छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा गएको साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा १२ हजार तीन सय ६१ जना विदेशी पर्यटकले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

    साउनमा नौ सय ७६, भदौमा नौ सय ९३, असोजमा तीन हजार एक सय ११, कात्तिकमा पाँच हजार सात सय ७९ र मङ्सिरमा १० गतेसम्म एक हजार पाँच सय दुई जनाले भ्रमण गरेको कार्यालयका इञ्चार्ज प्रहरी सहायक निरीक्षक तारा बुढा मगरले जानकारी दिनुुभयो । उहाँका अनुसार, म्याग्दीको पोखरेबगर, चित्रेहुँदै घोडेपानी र कास्कीको उल्लेरी, घान्द्रुक हुँदै आउने पर्यटकको तथ्याङ्क कार्यालयले राख्दै आएको छ ।

    पहिले विदेशी पर्यटकको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकको समेत तथ्याङ्क राख्ने गरिएको छ । घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारसम्म आन्तरिक पर्यटकलेसमेत भ्रमण गर्छन् । घोडेपानीमा असोजदेखि मङ्सिरसम्म र फागुनदेखि जेठसम्म धेरै पर्यटक आउने गर्छन् । विगतका वर्षको तुलनामा यसवर्ष पर्यटकयाममा कम सङ्ख्यामा विदेशी पर्यटक आएको घोडेपानीका होटल व्यवसायी जुुली ठकुुरी पुुनले बताउनुुभयो । 

    “अन्नपूर्ण पदमार्गको क्षेत्रमा सडक पुग्न थालेको छ, पुराना पदमार्ग भत्किएका छन्, धुलो, धुँवाको कारण विदेशी पर्यटक आउनेक्रम घट्दो छ”, होटल व्यवसायीसमेत रहनुुभएका अन्नपूूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुुर पुुनले भन्नुुभयो, “केही मात्रामा आन्तरिक पर्यटकको चहलपहल भए पनि दिगो नहुँदा समस्या भएको छ ।”पुुनहिल जानका लागि विदेशी पर्यटकले प्रतिव्यक्ति रु १५० र नेपालीले रु ५० प्रवेश शुल्क तिर्नुुपर्छ । अन्नपूूर्ण गाउँपालिकाले यस वर्ष पुुनहिल प्रवेश शुल्क सङ्कलन र पुुनहिलमा चिया पसल सञ्चालन गर्न यस वर्ष रु ६३ लाखमा ठेक्का लगाएको छ । 

    त्रिचालीस घरधुरीको बसोबास रहेको घोडेपानीमा २४ वटा ठूला होटल छन् भने अन्य घरमा पसल र खाजाघर सञ्चालनमा छन् । घोडेपानीका होटलमा दैनिक एक हजार दुई सय जनासम्मलाई राख्न सक्ने क्षमता छ । प्याकेजमा प्रतिव्यक्ति रु एक हजार पाँच सयदेखि पाँच हजारसम्मका सुविधायुुक्त कोठामा बास बस्न सकिन्छ । घोडेपानीको गुराँसको जङ्गल गण्डकी प्रदेशकै ठूूलो मानिन्छ । नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइने अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको प्रतिवेदनमा उल्लेख छ । बसन्त ऋतृमा पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले यस क्षेत्र मनमोहक देखिन्छ । 

    घोडेपानीबाट मोहरेडाडा, फुुलबारी, करबाकेली, खोपारालगायत सहायक गन्तव्य जान सकिन्छ । घोडेपानीमा म्याग्दीमा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्काउने सङ्ग्रहालयल पनि रहेको छ । हिँड्न नसक्ने पर्यटकका लागि घोडाको सुविधा छ । देशका सबैजसो जिल्लाका विद्यालय, कलेज, कार्यालय, बैंक वित्तीय संस्था, आमा समूूह र सहकारी संस्थाबाट घोडेपानी पुुनहिलमा आउँछन् । सभा, सम्मेलन, तालिम, गोष्ठीका लागि पनि घोडेपानी रोजाइमा पर्न थालेको छ । 

    गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले शनिबार घोडेपानीमा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठक र प्रथम चौमासिकको समीक्षा कार्यक्रम आयोजना गरेको थियो । गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, आर्थिक मामिलामन्त्री जितप्रकाश आले, प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटासहित मन्त्रालयका सचिव, निर्देशक, महाशाखा प्रमुख, ११ वटै जिल्लाका पूूर्वाधार विकास र यातायात व्यवस्था कार्यालयका प्रमुखलगायत एक सय जनाभन्दा बढी कर्मचारी घोडेपानी पुुग्नुुभएको थियो । 

    पर्यटन प्रवद्र्धनका लागि पहिलोपटक पोखरा बाहिर मन्त्रालयको समीक्षा कार्यक्रम आयोजना गरेको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुुग्जालीले बताउनुुभयो । पोखराकै बराबरको खर्चमा घोडेपानीमा कार्यक्रम गरिएको र अन्य कार्यक्रम पनि पोखरा बाहिर गर्ने योजना रहेको उहाँले बताउनुुभयो । मन्त्रालयको कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रर्वद्धनका साथै विकास आयोजनाको आवश्यकता महशुुस गराउन सरकारको ध्यानाकर्षण गराउन सहयोग पुुगेको पुुनहिल घोडेपानी अवस्थित अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडाका अध्यक्ष रामबहादुुर खड्काले बताउनुुभयो । सरकारी तवरबाट घोडेपानीमा हालसम्मकै ठूूलो कार्यक्रम भएको पनि उहाँले बताउनुुभयो । 

  • दसैँमा चितवन निकुञ्जमा पर्यटकको घुइँचो, २० हजारभन्दा बढीले गरे सफारी

    चितवन । दसैँको अवसरमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या २० हजार नाघेको छ। असोज

  • नेपाल–भारत पर्यटन सहकार्य विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ आयोजना हुँदै

    चितवन । भारतीय पर्यटकलाई नेपालका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक गन्तव्यसम्म आकर्षित गर्ने उद्देश्यले नेपालभारत

  • एबिसीतर्फ बढ्यो पर्यटकको चाप, दैनिक ३०० पर्यटक पुग्न थाले

    कास्की । बाढीपहिरोका कारण प्रभावित सडक तथा पदमार्ग सञ्चालनमा आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी)

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend