Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई


२०, मंसिर २०८०
  • 196
    SHARES
  • फुतफुते झरनाले लोभ्यायो पर्यटकलाई

    म्याग्दी । गत हप्ता अन्नपूर्ण हिमालको आधार शिविरको पदयात्रामा जानुभएका पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदी करिब एक घण्टा फुतफुते झरनामा बिताउनुभयो । उहाँसँगै आउनुभएका पर्यटनविद् रामहरि लामिछाने पनि अन्नपूर्ण गाउँपालिका–४ स्थित फुतफुते झरनाको सौन्दर्यमा रमाउनुभयो ।

    “फुतफुते झरना अवलोकन गर्दा प्रकृतिको दाइने आँखाको मोति खसेझै महसुस भयो,” उहाँले भन्नुभयो “अमेरिकाको नाग्रा फल्स भन्दा धेरै सुन्दर लाग्यो यो झरना । एक पटकै आउनैपर्ने ठाउँ रहेछ् ।” फुतफुते झरनाको वेसान आवाजमा रमाउदा जलको मोतिमा डुबेको अनुभव गरेको पर्यटनविद् लामिछानेले बताउनुभयो ।

    उहाँहरुका लागि मात्र नभएर नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गको भ्रमणमा आउने पर्यटकका लागि फुतफुते झरना थकान मेटाउने र प्रकृतिसँग रमाउने थलो बनेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पूर्व मुख्य सचिव सुवेदीले बताउनुभयो ।

    “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ,” उहाँले भन्नुभयो “झरनाको फेदीमा रहेको निलो रङको पानीको तलाउ नियालेर धित नै नमर्ने रहेछ् ।” अग्लो पहाडबाट सेतो रङ्गमा खस्ने झरनाको फेदीमा बनेको निलो रङ्गको सफा तलाउ मनमोहक छ ।

    करिब ५० मिटर उचाइको झरनाको फेदीमा गोलो आकारको तलाउ छ । वनजङ्गल, एकान्त वातावरण र पहाडको फेदीमा रहेको फुतफुते झरनाको सुन्दरताले यात्राको थकान मेटाउने र मनलाई शान्त बनाएको अन्नपूर्ण गाउँपालिका–६ घारका राजाराम बरुवालले सुनाउनुभयो ।

    नीलगिरि र अन्नपूर्ण हिमालबाट आउने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्नेगर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै बाटो समेटेर पदमार्ग तयार भएको छ । 

    प्रथम आरोहीको सम्मानमा यो पदमार्गको नाम ‘मौरिज हर्जोग’ राखिएको छ । फुतफुते झरना यो पदमार्गको आकर्षण बनेको वडा सदस्य भीम शेरपुञ्जाले बताउनुभयो । नारच्याङदेखि हुमखोलासम्म दुई घण्टा गाडी र हुमखोलादेखि एक घण्टा ३० मिनेट पैदल हिँडेपछि फुतफुते झरनामा पुग्न सकिन्छ । हुमखोला भन्दामाथि बस्ती नभएकाले खाने बस्ने सुविधा छैन् ।

    पर्यटक आफैले तयारी खाना खाजा लिएर जानुपर्छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा यो झरना ‘भाइरल’ बनेको छ । दुई वर्षअघि सुनसान हुने झरना हेर्न मात्रै दैनिक २०÷३० आन्तरिक पर्यटक आउने गरेका मौरिस हर्गोज पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । 

    फुतफुते झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवद्र्धनका लागि तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । “फुतफुते झरना वारपारका लागि अहिले रहेको काठको झोलुङ्गे पुललाई मर्मत गर्ने तयारी गरिएको छ,” उहाँले भन्नुभयो “फुतफुतेसहित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरक्षेत्रमा पूर्वाधार निर्माणका लागि पर्यटन गुरुयोजना बनाउन अध्ययन सुरु भएको छ ।” 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend