Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण


२०, मंसिर २०८०
  • 277
    SHARES
  • भ्रमण वर्ष सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण

    चितवन । सरकारले सन् २०२३/२०३२ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदालगायत पर्यटकीय स्थल र सेवाको अन्तरराष्ट्रियस्तरमा सघन प्रचार गरिने जनाएको छ ।
     
    आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘नेपाल घुमौँ, नेपाल चिनौँ’ भन्ने नारासहित अभियान सञ्चालन गरिनेसमेत सरकारले चालु बजेटमा उल्लेख गरेको छ । सोही अवसरमा भरतपुर महानगरपालिकाले सांस्कृतिक अनेकता, भौगोलिक विविधता, प्राकृतिक भू–बनोट आदिका आधारमा महानगरअन्तर्गत पर्ने प्रमुख गन्तव्यहरूको प्रवद्र्धनका लागि सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नाराका साथ भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको छ ।

    विश्व सम्पदा सूचीमा सूचीकृत नेपालकै पुरानो चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुरमा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने, प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाको प्रचारप्रसार गरी पर्यटकको सङ्ख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले महानगरले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक भ्रमण वर्षको अभियान सञ्चालन गर्ने भएको हो । 

    महानगरले आगामी पुस १६ गते भ्रमण वर्ष उद्घाटन गर्ने भएको छ । सोही अवधिमा महानगरले पाँच लाख आन्तरिक र दुई लाख बाह्य गरी सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । पर्यटकलाई आकर्षण र व्यवस्थापन गरी महानगरको लक्ष्यलाई साकार पार्न पर्यटन व्यवसायलगायत निजी क्षेत्रको ठूलो भूमिका रहेको जनाइएको छ । 

    महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भ्रमण वर्षलाई सफल बनाउन पर्यटन व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । “पर्यटकीय सेवाको गुणस्तरमा सुधार गरी यस क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जरुरी छ, पर्यटकलाई आकर्षण र व्यवस्थापन गर्नमा ठूलो भूमिका निर्वाह गरेका पर्यटन व्यवसायीको महत्वपूर्ण साथ सहयोगबिना भ्रमण वर्ष अपूरो हुने महसुस हुन्छ”, उहाँले भन्नुभयो ।

    भ्रमण वर्षको लाभ केवल महानगरपालिकाको मात्र नभई समग्र मुुलुकको आर्थिक समृद्धिका लागि हुनाले निजी क्षेत्र, स्थानीय तहलगायत सबै पक्षको सहकार्य तथा समन्वयमा भ्रमण वर्षलाई सम्पन्न गरी यस क्षेत्रलाई पर्यटकीय सहरका रूपमा परिचित गराउन सकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    आगन्तुक आन्तरिक तथा बाह्य पर्यटकबीचको आर्थिक तथा सांस्कृतिक विविधताअनुरुप होटल व्यवसायीले सेवासुविधामा व्यवस्थापन गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । “अतिथि सत्कार र व्यवस्थापन गर्नु हाम्रो पहिलो विषय हो, भ्रमण वर्ष सफल र सभ्य बनाउन पर्यटकको आर्थिक तथा सांस्कृतिक विविधताअनुरुप खानबस्नको व्यवस्थापन गर्ने जिम्मेवारी सहजतापूर्वक बहन गरी सकारात्मक सन्देश प्रवाहमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो । 

    भ्रमण वर्षको अन्तिम तयारीमा रहेको महानगरमा सडक निर्माण, सौन्दर्यता लगायतका केही काम बाँकी रहेकामा तीव्र रुपमा सम्पन्न गर्न महानगर तत्पर रहेको उहाँको भनाइ छ । 

    होटल व्यवसायी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले आगन्तुक पर्यटकलाई सेवासुविधामा कुनै कमी हुन नदिने बताउनुभयो । “हाम्रो क्षमताले भ्याएसम्म महानगरका साथमा रही भ्रमण वर्षलाई नमूनाका रुपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौँ, सबैको सहकार्य र समन्वयनमा चितवन आउने पर्यटकलाई गुणस्तरीय आतिथ्यता प्रदान गरी खान, बस्नका लागि कुनै कमी हुन दिने छैनौँ”, उहाँले भन्नुभयो । 

    महानगरका पर्यटन विज्ञ सल्लाहकार डा विश्व सुवेदीले आर्थिक समृद्धिका लागि यो अभियान आवश्यक रहेको जनाउँदै भ्रमण वर्षलाई प्रभावकारी बनाउन, पर्यटन क्षेत्रको प्रवद्र्धन र विस्तार गर्न, सम्भावित स्थानको प्रचारप्रसार गरी अर्थपूर्ण ढङ्गले पर्यटकको सङ्ख्या वृद्धि गर्नु भ्रमण वर्षको लक्ष्य रहेको बताउनुभयो । 

    मध्य नेपालको उत्कृष्ट गन्तव्यका रूपमा रहेको चितवनको भरतपुरको ‘भ्रमण वर्ष’मा प्रमुख पर्यटकीय गन्तव्यमा मेघौली, २० हजार ताल, कसरा, सीतामाई क्षेत्र, २८ हजार ताल, नारायणी सी विच मोडल, राइनो ताल, महाबौद्ध गुम्बा, संयुक्त राप्ती दुन सामुदायिक वन क्षेत्र, देवीस्थान पार्क, कृषि पर्यटनका मुख्य क्षेत्रलगायत गन्तव्य रहेका छन् । 

    भ्रमण वर्षमा निकुञ्ज तथा सामुदायिक वनमा दुर्लभ वन्यजन्तु चराचुरुङ्गी आदिको अवलोकन, हात्ती सफारी, जिप सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रम तथा रैथाने खाना, सङ्ग्रहालय अवलोकन, सूर्योदय तथा सूर्यास्त दृश्वावलोकन, होटल तथा रेष्टुरेन्ट सेवामा विशेष छुटको व्यवस्था, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सम्मेलन तथा प्रदर्शनी, कृषि फार्म अवलोकन, वन्यजन्तु उद्धार केन्द्र अवलोकनलगायत क्रियाकलाप निरन्तर आयोजना गरिने  महानगरले जनाएको छ ।

    कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क सङ्ग्रहालय, विमानस्थल, हुलाकी मार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटन विकासका क्षेत्र रहेका छन् । महानगरको यस भ्रमण वर्षको अभियानमा सङ्घीय सरकार, बागमती प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध सरकारी एवं गैरसरकारी गरी विभिन्न सङ्घसंस्थाको सहयोग रहेको छ ।

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend