Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अन्तरनिहित गुणको पहिचानबाट जीवनमा सफलता प्राप्त हुने कुरामा काठमाडौँ महानगरपालिका 


२३, मंसिर २०८०
  • 157
    SHARES
  • अन्तरनिहित गुणको पहिचानबाट जीवनमा सफलता प्राप्त हुने कुरामा काठमाडौँ महानगरपालिका 

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले शुक्रबार पुस्तकविहिन शिक्षामा सिप कार्यक्रमबाट ज्ञान प्राप्त गरिरहेका छन् । गएको शैक्षिक सत्रबाट सुरु भएको कार्यक्रम चालु शैक्षिक सत्रमा पनि सुरु भएको छ ।

    महानगरपालिकाले सुरु गरेको शिक्षामा सिप कार्यक्रम सफलताका लागि मेहेनत गर्ने एउटा मार्ग हो । गन्तव्यमा पुग्नको लागि सही मार्ग चयन गर्नुपर्छ । हाम्रो भावी पुस्ताका विद्यार्थीहरूलाई त्यही मेहेनतको मार्ग पहिचान गर्न सिकाउँदैछौँ ।

    जसले भविष्यमा सही मार्ग पहिचान गरी देशलाई आत्मनिर्भर बनाउनको लागि दक्ष जनशक्ति प्राप्त हुनेछ । यो शैक्षिक सत्रको सुरुवातदेखि नै पुस्तकरहित शुक्रवार कार्यक्रम निरन्तर चलिरहेको छ । कार्यक्रम आउँदो शुक्रवारदेखि पूर्ण रूपमा लागु हुने क्रममा छ ।

    प्रमुखको सचिवालय, शिक्षा विभाग, सहरी योजना आयोगका सदस्य लगायतले पुस्तकरहित शुक्रवार कार्यक्रमको अनुगमन गरेको थियो । त्यस क्रममा विश्व निकेतन माध्यमिक विद्यालय पुग्दा विद्यालयको प्राङ्गणमा नेवा परम्परा झल्काउने हलिम लीब्वज्यु कार्यक्रम सञ्चालन भइरहेको थियो । विद्यार्थी र शिक्षकहरू उक्त कार्यक्रममा निकै उत्साहित भएर सहभागिता जनाएको देख्न सकिन्थ्यो ।

    यही कार्यक्रम अवलोकनको लागि बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयका विद्यार्थीहरू समेत सहभागी भएका थिए । यस्तै उक्त विद्यालयमा चेस, दौड, प्रतियोगिता भएको थियो । यस्तै बिहानीको सत्रमा हाजिर जवाफ, मुक्तक तथा कविता वाचन, बाँसुरी वादनलगायतका कार्यक्रम भएका थिए ।

    यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सामुहिक रुपमा काम गर्ने बानीको विकास हुँदै गएको छ । विद्यालय सञ्चालन भएको पुस्तकरहित कार्यक्रमले फरक फरक सांस्कृतिक परिबेशबाट आएका विद्यार्थीहरुलाई सहअस्तित्वको भावना जगाउने काम गरेको हामीले महसुस गरेका छौ ।

    शिक्षामा सिप कार्यक्रम अन्तर्गत काष्ठकला तथा मूर्तिकला कार्यक्रम निरन्तर ५ हप्ता देखि सञ्चालनमा आइरहेको छ । यो कार्यक्रमको लागि हामीले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानसँग सहकार्य गरेर विज्ञ शिक्षक ल्याएका छौ । विद्यार्थीहरूले ५ औं हप्ता नै निकै राम्रो सिप सिक्न पाएको बताउन थालेका छन् ।हप्ताको ५ दिन पढाइ र एक दिन हुने यस्तो कार्यक्रमले विद्यार्थीलाई मानसिक रूपमा नै स्फूर्त बनाएको विद्यालयका शिक्षकहरुको अनुभव छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend