Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जगदेश्वरी महादेव गुफा ओझेलमा


२७, मंसिर २०८०
  • 406
    SHARES
  • जगदेश्वरी महादेव गुफा ओझेलमा

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–१ को खसिबास गाउँबाट दक्षिण चुरे जङ्गल क्षेत्रमा झरनामुनि रहेको जगदेश्वरी महादेव गुफा ओझेलमा परेको छ । प्राकृतिक रुपमा गुफाको संरचना फरक र आकर्षक भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बताउँछन् ।

    खसिबास गाउँबाट गुफा पुग्न करिब दुईघण्टा पैदल हिँड्नुपर्छ । फरक संरचना भएर पनि प्रचारप्रसार नहुँदा गुफा ओझेलमा परेको स्थानीय अगुवा ज्ञानबहादुर तामाङले बताउनुभयो । “यसको विकासमा स्थानीय सरकारको चासो गएको छैन् । धार्मिक रुपमा एकदमै जनविश्वास बोकेको यस महादेव गुफाको संरक्षण गरी प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटकको आगमन बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।

    वि.सं २०३५ मा गुफा फेला परेको थियो । तत्कालिन समयमा घना जङ्गलमा खयरको काठ तस्करी हुने गर्दथ्यो । एकपटक तस्करले गुफामा रातभर लुकेर ज्यान जोगाएका स्थानीय बुढापाका बताउँछन् । “यो एकदमै पुरानो गुफा हो”, स्थानीय ६५ वर्षीय कमलप्रसाद पोखरेलले भन्नुभयो, “यहाँ रातभर खयर काट्ने मान्छे बस्दा झलमल्ल राति नि हुने गर्दथ्यो ।” 

    पोखरेलका अनुसार रातभर यहाँ बसेपछि सपनामा यसको पूजा गरे केही नहुने देखेपछि पूजा आराधना सुरु भएको थियो । केही वर्ष पहिलेसम्म यहाँ भारतबाट समेत दर्शनार्थी आउने गरेका जनाउँदै उहाँले प्रचारप्रसार नहुँदा अहिले उदयपुर, सिन्धुली, सिरहा आसपासबाट दर्शनार्थी आउने गरेका बताउनुभयो ।

    माथिबाट निरन्तर झर्ना भर्ने यस गुफामा पुजा गर्नका लागि पानीमा डुबेर जानुपर्छ । चारैतिर चट्टानले भरिएको यस गुफामा सन्तान नहुनेले सन्तान तथा आफूले चाहेको मागेर भाकल गर्दा कामना पूरा हुने जनविश्वास रहेको छ । “गरिएको भाकल पूरा भएर धेरैले भाकल बुझाउन आउने गरेका छन्”, तामाङ भन्नुभयो, “अधिकांश भक्तजनले परेवा उडाउने, सुनको टीका चढाउनेलगायत भाकल गर्ने गर्दछन् ।”

    तामाङकै नेतृत्वमा यसवर्षदेखि नयाँ छोटो बाटोसमेत खनिएको छ । मानिस हिँड्ने बाटो झण्डै दुईमहिना लगाएर खनिएको उहाँले बताउनुभयो । स्थानीय, प्रदेश र केन्द्र सरकारले यसलाई धार्मिक पर्यटनका रुपमा प्राथमिकतामा राखेर प्रवर्द्धन गर्नुपर्नेमा तामाङले जोड दिनुभयो । नयाँ बाटोअन्तर्गत केही स्थानमा चौतारो, फलैँचा र मन्दिर निर्माण गर्न सके धार्मिक पर्यटकीयस्थल बन्ने प्रचुर सम्भावना रहेको उहाँको भनाइ थियो । 

    यहाँ पुग्नका लागि सिद्धिचरण राजमार्गको कटारी–२ स्थित गुराँस र कटारी–३ को हडैँयाबाट सवारीसाधनमा खसिबासको बाँगेबजारसम्म जानुपर्दछ । बाँगेबजारबाट भने पैदल हिँडेर यस गुफामा पुग्न सकिन्छ । 

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ऐतिहासिक भुमे मन्दिर धार्मिक पर्यटनको केन्द्र बन्दै

    अर्घाखाँची । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका२ ढाकावाङ्ग भुमेकाथानमा अवस्थित ऐतिहासिक भुमे मन्दिरमा जेठे पूर्णिमाका अवसरमा

  • गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपाल मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend