Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

होराइजन गौतम बुद्ध स्कुलमा चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न


२८, मंसिर २०८०
  • 143
    SHARES
  • होराइजन गौतम बुद्ध स्कुलमा चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

    बुटवल । होराइजन गौतम बुद्ध मा.वि.तिलोत्तमा १, ड्राइभरटोल, रूपन्देहीले चौथो जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

    जिल्लाभरिका विद्यालयहरूसंग आत्मीय सम्बन्ध स्थापित गर्ने तथा ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यका साथ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको हो । उक्त प्रतियोगितामा होराइजन गौतम बुद्ध स्कुल संचालक समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता रहेको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका, सामाजिक विकास मन्त्री, माननीय श्री चन्द्रकेश (सि.के.) गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।

    यसैगरी उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, न्यु होराइजन कलेजका क्याम्पस प्रमुख, प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्षज्यूलाई श्री लोकनाथ उपाध्याय, रहनुभएको थियो । अतिथिका रूपमा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली लगायत हुनुहुन्थ्यो ।

    बुटवल मोडेल कलेजका प्राचार्य नेत्रप्रसाद बस्याल, न्यु होराइजन मातृसंस्थाका उप–प्राचार्य बासुदेव अर्याल, न्यु होराइजन कलेज सञ्चालक समितिका अध्यक्ष निर्मलप्रसाद लाकौल, सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद भुसाल, होराइजन जिविएसका उपप्राचार्य ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक प्रदीप अर्याल, डा. तारानाथ भट्टराई, शैक्षिक संयोजक जिवनाथ भण्डारी, प्राध्यापक लक्ष्मण प्रसाद गौतम, प्रकाश घिमिरे, रुद्र भुसाल, विषय विभागीय प्रमुखहरु, शिक्षक, कर्मचारी विद्यार्थी पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

    प्रतियोगिताका संयोजक, प्राध्यापक मोहन मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका प्राचार्य गोपालप्रसाद आचार्यले कार्यक्रमको औचित्य बारे मन्तव्य राख्दै जिल्लाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबीच आत्मीय सम्बन्ध स्थापना गर्ने र विद्यार्थीमा अन्तरनिहित क्षमताको प्रस्फुटन गराउने उद्देश्यका लागि विगत वर्षहरूदेखि नै जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिदै आएको र यसले जिल्लाभरिमा रहेका सम्पूर्ण विद्यालयहरूलाई जोड्ने कडीका रूपमा काम गर्ने बताउनुभयो ।

    प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै लुम्बिनी प्रदेशका, सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के.) गुप्ताले देशको समग्र शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो भुमिका रहेको, निजी क्षेत्रबाट उत्पादित जनशक्तिले देशका विभिन्न उच्च निकायमा नेतृत्वकारी भुमिका खेलीरहेको बताउनु भयो । होराइजन गौतम बुद्ध स्कुलले यस क्षेत्रको शैक्षिक उन्नयनमा महŒवपूर्ण योगदान पु¥याएको बताउ“दै विद्यार्थीहरूका निम्ति यस किसिमको हाजिरीजवाफ प्रतियोगिता महŒवपूर्ण हुने भन्दै आगामी दिनमा यसको निरन्तरताको शुभकामना दिनुभयो ।

    साथै उहाँले संस्थागत विद्यालयलाई निरुत्साहित गर्न नहुने भन्दै संस्थागत विद्यालयको भूमिकालाई नजर अन्दाज गर्न नमिल्ले आफ्नो धारणा राख्नुभयो । विशिष्ट आतिथिको मन्तव्य राख्दै प्याब्सन नेपालका सल्लाहकार, हिसान नेपालका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ अत्यावश्यक रहेको कुरा बताउनुभयो ।

    उहाँले हाजिरीजवाफ प्रतियोगिताको व्यवस्थापन उच्च प्रविधिमैत्री र अनुकरणीय रहेको भन्दै आगामी दिनमा पनि संस्थाले यस किसिमका बौद्धिक कार्यक्रमलाई निरन्तरता दिंदै जानुपर्ने कुरामा जोड दिनुभयो ।

    औपचारिक कार्यक्रमको संचालन डा. नारायण प्रसाद पन्थले गर्नुभएको थियो भने हजिरी जवाफका विभिन्न चरणका कार्यक्रम ऋषिराम पौडेल, मोहन मरासिनी, सरस्वती भट्टराई, गोपालप्रसाद आचार्य,पुस्कर रायमाझी लगायतले गर्नुभएको थियो । प्राविधिक व्यवस्थापका रुपमा प्राध्यापक अर्जुन अर्यालको टिमले काम गरिरहेको थियो ।

    यसै गरी रुपन्देही जिल्ला अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले यस प्रकारको प्रतियोगिताले विद्यार्थीहरूमा रहेको प्रतिभालाई उजागर गर्न मद्दत गर्ने तथा भोलि गएर लोकसेवा आयोग तथा अन्य आयोगमा नाम निकाल्न पृष्ठभूमिको निर्माण गर्ने विचार व्यक्त गर्नुभयो ।

    यसैगरी तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फर्सुराम गिरीले होराइजन गौतम बुद्ध मा.वि. को यस क्षेत्रको गर्व गर्न लायक नेतृत्वदायी संस्था रहेको बताउनुभयो । यसैगरी हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल लगायतले मन्तव्य राख्नुभएको थियो । समुद्घाटन कार्यक्रमअन्तर्गत हाजिरी जवाफको हिट राउण्डमा २९ वटा विद्यालयहरूले सहभागिता जनाएका थिए ।

    जसअन्तर्गत ६ वटा विद्यालयहरू क्रमशः १) प्यारामाउण्ट बोर्डिङ् सेकेन्डरी स्कुल, तिलोत्तमा २) दिप बोर्डिङ् हाइ स्कुल,बुटवल ३) श्री शान्ति मोडेल सेकेन्डरी स्कुल, तिलोत्तमा ४) पश्चिमाञ्चल इङ्लिस स्कुल, भैरहवा ५) ग्रिन प्लान्ट इ.बो.स्कुल, देवदह ६) एभेष्ट बोर्डिङ् स्कुल फाइनल चरणमा प्रवेश गरेका थिए ।

    हाजिरीजवाफ प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेका विद्यालयबीचको प्रतिस्पर्धाबाट एभरेष्ट बोर्डिङ् स्कुलले प्रथम स्थान, दीप बोर्डिङ् स्कुलले द्वितीय स्थान शान्ति नमूना मा.वि.ले तृतीय स्थान तथा पश्चिमाञचल इङ्लिस स्कुल भैरहवा र ग्रिन प्लान्ट इ.बो स्कुल, देवदहले सान्त्वना स्थान हासिल गरेका थिए ।

    जिल्ला प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना स्थान हासिल गर्न सफल विजयी समूहलाई क्रमशः रु २०,०००– शिल्ड तथा प्रमाण पत्र, द्वितीय स्थान हासिल गर्ने समूहलाई रु.१५,०००।– शिल्ड तथा प्रमाण पत्र, र तृतीय हुने समूहलाई रु.१०,०००।– शिल्ड तथा प्रमाण पत्र र सान्त्वना स्थान प्राप्त गर्ने दवै समूहलाई रु ३०००।– शिल्ड तथा प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो तथा सहभागीताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend