Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग


२, पुस २०८०
  • 199
    SHARES
  • पूर्वविद्यार्थीद्वारा विद्यालयलाई आर्थिक सहयोग

    पाल्पा । पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ ।

    सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरी विद्यार्थीको पठनपाठनमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरिएको सहयोगदाता पोखरेलले बताउनुभयो । विद्यालयमा हालसम्म रु २० लाख ५८ हजारको रकमबाट अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।

    विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक तथा धार्मिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने गरिएको छ । अन्य अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न र असहाय विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिँदै आइएको छ । विद्यालयमा स्थापना भएका अक्षयकोषमध्येबाट हरेक वर्ष करिब एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिँदैआएको शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

    तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत नर्सरीदेखि कक्षा २ सम्म दुई सय विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा करिब दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिकतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा समेत यहाँ पठनपाठन भइरहेको छ । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend